भक्तपुरमा नर्स र भीम रावलको सुरक्षामा खटिएका शसस्त्र प्रहरीका जवानमा कोरोना भएको पुष्टी

भक्तपुरमा नर्स र भीम रावलको सुरक्षामा खटिएका शसस्त्र प्रहरीका जवानमा कोरोना भएको पुष्टी

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाण्डौ बैशाख ३१ । नेपालमा निरन्तर कोरोना संक्रमण बढेसगैँ अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिन थालेको छ ।
हिजो पुष्टी भएका उपत्यकाको दुई जना मध्य एक जना नर्स र एक जना ससस्त्र प्रहरी संक्रमित भएको पाईएको छ । भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी र महिला स्टार्फ नर्स रहेको खुलेको छ। २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बताईएको छ । उनी पूर्व गृहमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य भीम रावलका सुरक्षामा खटिदै आएको बताईएको छ ।

भक्तपुरको जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरले उनको विवरणसमेत सार्वजनिक गरेको छैन ।
त्यस्तै २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्ने बुझिएको छ। हाल मध्यपुर थिमि नगरपालिका ९ स्थित साथीको कोठामा बस्ने उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा हुन्। उनी झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर पुगेको बताईएको छ ।
प्रजिअ पाण्डेका अनुसार महिला आफैँ टेकु अस्पताल पुगेकी थिइन्। त्यहाँ नै उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। यो सगँै नेपालमा दुई जना नर्स संक्रमित पुगेका छन् । हिजै कपिलबस्तुमा एक जना नर्समा संक्रमण पुष्टी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ