बागमती प्रदेश आजबाट पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका बन्द, साँगामा सवारी जाँच कडा

बागमती प्रदेश आजबाट पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका बन्द, साँगामा सवारी जाँच कडा

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

हेटौँडा, ३१ वैशाख । प्रदेश दुई हुँदै बागमती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका आजदेखि बन्द गरिएको छ । प्रदेशसँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण फैलिएपछि मकवानपुरको कमाण्ड पोष्टले चुरियामाई हुँदै हेटौँडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

देशमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि र छिमेकी जिल्लाहरूमा समेत कोरोनाको सङ्क्रमण फैलिएपछि मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अग्रसरतामा सरोकारवालाहरूको विशेष बैठक बसेको थियो ।
बैठकपछि जिल्ला कमाण्ड पोष्टमार्फत लकडाउनलाई समेत कडा बनाउने निर्णय भएको प्रमुख खुलालले जानकारी दिनुभयो । कमाण्ड पोष्टको आजको बैठकले अन्य जिल्लाबाट मकवानपुर प्रवेश गर्ने नाकाहरूमा समेत कडाइ गर्ने निर्णय गरेको छ । बैठकले खाद्यान्न तथा ग्यास पसल बिहान ९ बजेसम्म, औषधि तथा भेटेरिनरी एवं मलबीउ जस्ता कृषि पसललाई दिनभरि खोल्न दिने निर्णय गरेको छ ।

बैठकले जेठ १ गतेबाट भने माछामासु तथा तरकारी बजार पूर्णरूपमा बन्द गर्ने, बैैंकलाई भीडभाड नहुने गरी बिहान १० देखि ३ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ ।

त्यस्तै हेटौँडाको चुरेक्षेत्रको वनजङ्गलबाट समेत तराईका जिल्लाबाट मानिसहरू आउने गरेको पाइएकाले उनीहरूलाई रोक्नका लागि त्यस क्षेत्रका वडा अध्यक्ष र स्थानीय समेतको समिति बनाएर नियन्त्रणको काम गर्ने निर्णय भएको बैठकमा सहभागी हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयोे । हेटौँडामा कोरोना भाइरस भित्रन नदिनका लागि धेरै खालका उपाय अपनाउन लागिएको उहाँले बताउनुभयो ।

यसैबीच भक्तपुरको साँगामा सवारी जाँच कडा पारिएको छ । काभ्रे नाकाबाट भक्तपुर हँुदै उपत्यका छिर्ने मानिसको सङ्ख्या बढेको गुनासो आएपछि काभ्रे र भक्तपुरको सिमा नाका साँगामा अनुगमनपछि जाचमा कडाई गरिएको हो ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले नाकाम आजबाट थप कडाई गएिको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ