काठमाडौँ बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर र कराएर भारतसँगको सीमा समस्या समाधान नहुने भन्दै अहिले सडकमा व्यक्त आक्रोस प्रति टिप्पणी गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान ह्दैन, प्रधानमन्त्रीले आज बसेको मन्त्रीपरिषद् बैठकमा सवोधन गर्ने क्ममा भनेको एक मन्त्रीले बताए ।
भारतसगँ कुरा गरेर मात्र समस्याको समाधान हुने भएकाले सडकमा उफ्रिएर हल नहुनेमा प्रधानमन्त्रीले जोड दिएको ती मन्त्रीले बताए ।
साथै सीमाको बिषयमा बोल्दा तथ्यपरक भएर बिचार पुर्याएर मात्र बोल्न पनि ओलीले मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।
भूमिसुधार मन्त्री पद्मा अर्यालले हालै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै नभएको भनेको विषयमा प्रधानमन्त्रीले लक्षित गरेको स्रोतले बतायो ।
आफ्नै पार्टीका सांसदहरुलाई सरकारको पक्षमा बोल्न लिखित निर्देशन यस अघि दिए पनि पार्टीकै मन्त्री र सांसदबीच विवाद हुने सदनमा पार्टीकै मन्त्रीको विरोध हुने स्थिति आएको छ ।
भारततले नेपालको भूमि लिपुलेकमा चीन जोड्ने सडक मिचेर बनाए पछि देशभर सरकार र भारतको बिरोध हुदै आएको छ ।
सडकमा भईरहेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्ने , नियन्त्रणमा लिने कार्य गर्दै आएको छ ।