बैशाख ३० काठमाण्डौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन कुटनीतिक पहलदेखि अन्तराष्ट्रिय अदालतमा जाने बिषयमा तयारी गर्न सांसदहरुले माग गरेका छन् ।
संसदको सुन्य समयमा बोल्दै नेकपाका सांसद देव गुरुङले कालापानी लिपुलेक अतिक्रमण विरद्ध अन्तराष्ट्रिय अदालतमा जान सरकारको ध्यानाकर्षण गराए ।
त्यसै गरी सांसद देवेन्द्र पौडेलले भूमि अतिक्रमणले नेपालीको मुटुमा तीर रोपे जस्तो भएको भन्दै प्रभावकारी पहलकदमी लिन अपील गरेका छन् ।
सांसद बालकृष्ण खाँडले भारतले सिमा अतिक्रमण गरेकोमा भत्र्सना गर्दै कुटनीतिक पहल लिन सरकारलाई आग्रह गरे ।
धर्मशिला चापागाईले कालापानी लिपुलेक जस्तै मेचीमा समेत त्यसलाई सीमाना नमान्ने भनेर स्थानीय स्तरमा कुरा आउन थालेको भन्दै सीमाको बिषयलाई गंभीर रुपमा लिन माग गरिन् ।
सांसद पार्वता चौधरी डिसिले सरकारले गरीरहेको कुटनीतिक पहलले केही पनि काम नदिने भन्दै अन्तराष्ट्रिय अदालतमा जान माग गरिन् ।
प्रेम सुवालले नेकपाले वक्तव्यमा नेपालको सार्वभौम सत्तालाई भारतले नजरअन्दाज गरिएको भनेर टिप्पणी गर्नुको अर्थ नभएको भन्दै त्यसको अर्थ नभएको बताए । उनले आत्मसर्मणवादी तरीकाले हैन रोष प्रकट गरेर कडा रुपमा प्रस्तुत हुनु पर्ने बताए ।
नन्दलाल रोका, नवराज सिलवाल, पवित्रा खरेल, प्रभु शाह, प्रमोद शाह, निरुदेवी पाल, दिलेन्द्र प्रसाद बडु, प्रकाश रसाईली , निरुदेवी पाल, पार्वती बिशुखे, पुष्पा भुषाल, प्रकाश मान सिंह लगायतकाले पनि कोरोना, असीना पानी, कृषक र तरकारीका समस्या आदि बिषयमा बोलेका थिए ।