सीमानामा तस्करी गर्न नपाए पछि प्रहरीमाथि ढुंगामुडा र आक्रमण बढ्दै !

सीमानामा तस्करी गर्न नपाए पछि प्रहरीमाथि ढुंगामुडा र आक्रमण बढ्दै !

  • मङ्लबार, बैशाख ३०, २०७७
  • रबिन्द्र यादव

  • 17.2K
    SHARES

नवलपरासी पश्चिम  बैशाख । तस्करी गरेको सामान छिराउन नपाए पछि सीमामा भारतीय र तस्करहरुले प्रहरीमाथि ढुंगा हान्ने आक्रमण गर्ने गरेको पाईएको छ । नवलपरासीदेखि बारा, झापा लगायतका जिल्लामा ड्युटीमा बसेका प्रहरीमाथि नै दिन दिनै जसो हमला हुनुको मुख्य कारण तस्करी रहेको बताईएको छ ।

तस्करी गर्न नपाएपछि भारतीय तस्करहरुले सिमा खटिएका सुरक्षाकर्मीहरु माथि ढुङ्गामुढा प्रहार गरेका छन् ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका ६ कठहवाँ स्थित दशगजामा निगरानी गर्न खटिएका शसस्त्र र जनपद प्रहरीलाई भारतीय तस्करहरुले सोमबार साँझ ४ बजेको समयमा ढुङ्गामुढा प्रहार गरेका हुन् । उनीहरुको ढुङ्गा प्रहारले कुनैपनि सुरक्षाकर्मी घाईते नभएको बताइएको छ ।

उक्त दशगजाको सिमावारी कठहवाँ र पारी बहुआर बजार हो । बहुआर गाउँ नेपाल दशगजा संग जोडिएको भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको सिमावर्ति बजार हो । त्यस गाउँको लाईनटोलाका बासिन्दाहरु अधिकांश तस्करीका कार्य गर्दै आएका छन । विगत लामो समयदेखि विभिन्न सरसमानको तस्करी गर्दै आएका उनीहरु अहिले देश लकडाउन र सिमा बन्द भएपछि उनीहरु तस्करी गर्न नपाएपछि सुरक्षकर्मीहरु माथि आक्रोस पोख्दै ढुङ्गामुढा प्रहार गरेको स्थानिय करम हुसैन अंसारीले जानकारी दिएका छन् ।

बहुआरको लाईनटोलाका बासिन्दाहरु नै उल्टिएर नेपाली सुरक्षाकर्मीहरु माथि ढुङ्गा प्रहार गर्दा सुरक्षाकर्मीहरु आफनो ज्यान जोगाउन सिमावारी कठहवाँ गाउँतिर भागेका थिए । ढुङ्गाले सुरक्षाकर्मीहरु घाईते नभएप ियो ठुलो दुखद घटनारहेको स्थानिय करम हुसैनले बताएका छन् । ढुङ्गाप्रहार गर्दै उनीहरु नेपाल भित्रीन थालेपछि सुरक्षाकर्मी र स्थानियहरुले उनीहरुलाई सिमापारी धपाएका थिए । यसरी भएको हो घटना सोमबार साँझ ४ बजेको समयमा दशगजामा चरिरहेको एक बाख्रा सिमावारी कठहवाँ गाउँतरि छिरेपछि बाख्रा लिन एक महिला नेपाल छिर्न खोजेकि थिईन ।

उनलाई सिमा खटिएका सुरक्षाकर्मीले तपाई नछिर्नुहोस हामीले बाख्रा उतै पठाईदिन्छौ भनेपनि उनी अटेरी ग¥दै सयको संख्यामा गाउलेहरुलाई बोलाई सुरक्षाकर्मीहरुलाई गालीगलौज गराउन थालिन । यता तस्करी गर्न नपाउने निहुँमा भारतीय तस्करहरु गाउँलेहरुको सहारामा सुरक्षाकर्मीहरु माथि ढुङ्गामुढा प्रहार गरेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

बहुआरका अधिकांश तस्करहरु सो नाकाबाट रक्सी, कुखुरा, मलखाद, धानको बिउ, र दैनिक उपभोग्य बस्तुहरुको तस्करी गर्दै आएका थिए तर लकडाउनले तस्करी गर्न नपाएपछि सुरक्षाकर्मीहरु प्रति आक्रोसित बन्दै गएका थिए ।

बिचबिचमा सुरक्षाकर्मीर र तस्करहरु बिच भनाभन भएपनि आज मात्र त्यस्तो घटना घटन पुगेको स्थानियले बताएका छन् । यस बिषयमा सिमा खटिएका भारतीय एसएसबीहरु भने भारतीय तस्करहरुलाई नै मौन समर्थन जनाएको पाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ