भारतद्वारा नेपाली भूमिमा सडक निर्माण गरेकाे विराेधमा सत्ताधारीकै युवा र विद्यार्थी संगठन आन्दोलित

भारतद्वारा नेपाली भूमिमा सडक निर्माण गरेकाे विराेधमा सत्ताधारीकै युवा र विद्यार्थी संगठन आन्दोलित

  • सोमवार, बैशाख २९, २०७७
  • डम्मर राज भट्ट

  • 9.9K
    SHARES

कन्चनपुर, बैशाख  २९ । भारतले दार्चुला स्थित नेपाली भूमि अतिक्रमण गरेर मानसरोबरसम्म जाने सडक विस्तार गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा र विद्यार्थीले आन्दोलन शुरु गरेका छन् ।
लकडाउनकै विचमा नेकपाका युवा र विद्यार्थी संगठन कञ्चनपुरले आन्दोलन शुरु गरेका हुन् । अनेराववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाचन्द गिरीले भारतीय बिस्तारबाद बिरुद्ध राष्ट्रियताका लागि आन्दोलन शुरु गरिएको बताउ । उनका अनुसार सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका एक घण्टा धर्ना र प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा मार्फत प्रधानमन्त्री केपीशर्मा ओली र बोदार्थ गृह, परराष्ट्र, भूमि सुधारमन्त्रीलाई ज्ञापन पत्र पठाईएको छ । भने भोली ३० बैशाखमा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा एक घण्टा धर्ना दिने नेता भट्टले बताए ।
उनका अनुसार अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले भारतद्वारा अतिक्रमण नेपाली भूमि लिपुलेक लिम्पियाधुरा गई आन्दोलन गर्न सम्बन्ध पक्षलाई आब्हान समेत गरेको छ ।
प्रधानमन्त्री र अन्य तीनमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा अतिक्रमित भूमि फिर्ताको माग अघि सारिएको छ । अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले संयुक्त रुपमा पठाएको ज्ञापन पत्रमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसंग विश्व समुदाय लडिरहेकै दुखत घडीमा बेला भारतीय पक्षबाट नेपालीभूमिका गरेको निर्मम विस्तारवाद व्यवहारको भत्र्सना गरिएको छ ।
हाम्रो भूमिको एक इन्च भुभाग पनि नमिचि एथाघ्रिश सडक विस्तार कार्य बन्द गर्न अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाले माग गरेको छ । देशको सार्वभौम सुरक्ष र स्वाधिनताका लागि सडकको बाग भएर उत्रिने समेत चेतवानी दिएका छन् ।

भारतले अतिक्रमण गरेर बनाएको भूमि फिर्ताको माग अघि सार्दै सत्ताधारी कञ्चनपुरका युवा र विद्यार्थी नेताहरु आन्दोलनमा

भारतले नेपालको कालापानी क्षेत्रमा पर्ने ब्यास र गुुञ्जिको भूमि मिचेर चीन जोड्नका लागि लिपुलेकसम्मको सडक उद्घाटन गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
‘भारतले नेपालको कालापानीदेखि लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा राखेको जमिन नेपाललाई फिर्ता गर्नुको सट्टा झन नाङगो हस्तक्षेप गर्दै ६ महिना पछि धारर्चुला लिम्पियाधुरा सडक उद्घाटन गरेको छ, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘भारतको यस्तो किसिमको विस्तारवाद हस्तक्षेपको घोर भत्र्सना गर्दै विलम्ब नगरि नेपाल सरकारसंग कुटनीतिक पहल गर्न जोडदार माग गर्दछौँ ।’
अनेरास्ववियूका संयोजक बिरेन्द्र राज विष्ट र राष्ट्रिय युवा संघ नेपालका सह संयोजक प्रशान्त भट्टद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा अतिक्रमित भूमि फिर्ता नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेर कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूमि हड्प्न खोजेको भन्दै गत कार्तिकमा समेत अनेरास्ववियू र युवा संघले सीमादेखि सडक आन्दोलन थालेको थियो ।

आफ्नै पार्टी सरकार भएपनि नभएपनि राष्ट्र र राष्ट्रियताका लागि आन्दोलन नरोकिने उनीहरुको भनाई छ । सत्ताधारी नेकपाका दुवै संगठनले प्रशासन मार्फत भारतले बनाएको नक्कली नक्सा खरोजीको माग अघि सारेर प्रधानमन्त्री केपिशर्मा ओलीलाई ज्ञापन पत्र पठाएका थिए । भारतीय रक्षामन्त्री सिहले भिडियो कन्फ्ेन्स मार्फत भारतको धार्चुलादेखि नेपाली भूमि हुँदै चीन मानसरोबरसम्म झण्डै ८०किलोमिटर सडक उद्घाटन गरेपनि छिमेकीले संकट परेका बेला जमिन हड्प्ने खोजेको देखिन्छ । यतिबेला कोरोना बिरुद्धको लडाईमा रहेका नेपालका लागि छिमिकी देशबाट मातृभूमिमाथि प्रहार भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी