नेपालमा कोरोना संक्रमण बढ्दै, आज एकैदिन २४ जना थपिएः संक्रमितको संख्या १३४ पुग्यो

नेपालमा कोरोना संक्रमण बढ्दै, आज एकैदिन २४ जना थपिएः संक्रमितको संख्या १३४ पुग्यो

  • सोमवार, बैशाख २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

२९ बैशाख, काठमाडौं । नेपालमा कोारेना संक्रमणको बढ्दै गएको छ । सोमवार एकैदिन २४ जना नयाँ बिरामी भेटिएका छन् ।

तीन जिल्लामा थप १३ जनामा सोमवार साझ कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
यसअघि दिउसो मात्रै ११ जना संक्रमित भेटिएका थिए । हालको अध्यावधिक विवरण अनुसार कोरोना पुष्टी भएकाहरूको संख्या १३४ पुगेको छ।

मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा संक्रमण, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा संक्रमण र बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिका भएको मन्त्रालयले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ।

हालसम्म कोरोना आशंकामा पीसीआरबाट १७ हजार ८०९ र आरडीटी प्रविधिबाट ५८ हजार ५४६ नमूना परीक्षण भएका हुन् । दुबै बिधिबाट ७६ हजार वढीमा परिक्षण गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सातवटै प्रदेशमा आरडीटी प्रविधिबाट परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा ७ हजार ७३७ , प्रदेश २ मा ५ हजार ९२७, बागमती प्रदेशमा ९ हजार २९०,गण्डकी प्रदेशमा ६ हजार ४८४ ,प्रदेश ५ मा ६ हजार ९८५, कर्णाली प्रदेशमा ७ हजार ११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ नमूना परीक्षण भएका छन ।

यस्तै देशभर क्वारेन्टाइनमा बस्नेको संख्या १२ हजार ७०१ पुगेको छ । जसमध्ये प्रदेश १ मा १ हजार ४७ ,प्रदेश २ मा १ हजार ५१७ ,बागमती प्रदेशमा ११८ ,गण्डकी प्रदेशमा ३१६ ,प्रदेश ५ मा ४ हजार ९४३,कर्णाली प्रदेशमा १हजार ७४५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १५ गरी १२ हजार ७०१ जना क्वारेनटाइमा रहेका छन । यस्तै आइसोलेसनमा बस्नेको संख्या १५३ पुगेको छ । प्रदेशअनुसार प्रदेश १ मा २४ जना प्रदेश २ मा ३९ बागमती २६ गण्डकी प्रदेशमा १ र प्रदेशमा ५ मा ६३ र उपत्यकामा १ जना गरी १५३ जना आइसोलेसनमा छन् । रेड जोनमा ३४२ जना पुगेका छन् ।

कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणका लागि चीनले नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले पीसीआर परीक्षण किटसहित अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रवक्ता देवकोटाले जानकारी दिनुभएको छ ।

जसमा ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ