बैशाख २९ काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई ४० हजार पिसिआर परीक्षण किट सहितका अत्यावस्यक स्वास्थ्य सामग्री सहयोग आज हस्तान्तरण गरेको छ ।
चीनले ४० हजार थान पिसिआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको मन्त्रालयले जनाएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी थिईन् ।
सो अवसरमा मन्त्री ढकालले यो समयमा स्वास्थ्य सामाग्री दिएर चीनले असल छिमेकीको उदाहरण प्रस्तुत गरेको बताउनु भयो ।
यी सामाग्रीहरु कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मी र अन्य सम्बन्धितलाई प्रदेशहरुमा पठाईने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline