बैशाख २९ काठमाण्डौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कालापानी, लिपुलेक सहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न अपील गरेकी छन् ।
संसदको अन्तराष्ट्रिय समितिमा बोल्दै उनले विवादको समाधान आफूले गर्न सक्ने जिकिर गरिन् ।
उनले त्यसरी गठन गरिने वार्ता टोलीमा सबै दलका प्रतिनिधि हुने व्यवस्था गर्नु पर्ने बताईन् ।
कोईरालाले यस अघि भारतले नक्सा जारी गरे पछि कालापानी भारतलाई पाँच बर्षका लागि भाडामा दिनु पर्जे जिकिर गरेर विवादमा परेकी थिईन् ।
तर अहिले भने त्यो प्रस्तावको औचित्य सकिएको उनले बताईन् ।
नेताहरु चर्को राष्ट्रवादी भाषण दिने तर समाधानको उपाय ननिकाल्ने गरेको दखिन्छ, कोईरालाले भनिन् ।
यसैगरी उनले पारवहनका लागि नेपालले भारतको सट्टा बंगलादेशलाई विकल्पका रुपमा हेर्नुपर्ने पनि बताइन् । बंगलादेशको बन्दरगाहको पँहुच हेर्नु पर्ने उनको माग छ ।