सीमानामा काँडेतार लगाउन पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको माग

सीमानामा काँडेतार लगाउन पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको माग

  • सोमवार, बैशाख २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

बैशाख २९ काठमाण्डौं । काठमाडौं बैशाख २९ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देशको सीमानामा काडेँतार लगाउन माग गरेका छन् । ‘भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाउनेबारे पनि अघि बढौं । नेपालले भने ।
नेता नेपालले नेपालको सीमा अतिक्रमणबारे उच्च मनोबलका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्नेमा जोड दिँदै कोरोनका त्रासका बीच भएको सीमा अतिक्रमणले नेपालीको मनमा थप चोट पुगेको बताए ।
साथै नेपालको पूरा भुभाग समेटिएको नक्सा अविलम्ब सार्वजनिक गर्न माग समेत गरेका छन् ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको बैठकमा कडा रुपमा प्रस्तुत भएका नेपालले आफ्नै पार्टीकी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले २ सय बर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा नभएर गैर जिम्मेवार र अनावस्यक कुरा गरेको भन्दै माफी माग्न चेतावनी दिए ।

‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गर्नु पर्यो ।’ नेपालले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ