पत्रकार यादव पक्राउपछि पर्साका पत्रकार आन्दोलित, प्रहरीकाे समाचार बहिस्कार र धर्नाको घोषणा

पत्रकार यादव पक्राउपछि पर्साका पत्रकार आन्दोलित, प्रहरीकाे समाचार बहिस्कार र धर्नाको घोषणा

  • आइतवार, बैशाख २८, २०७७
  • दिपक चौरसिया

  • 21.1K
    SHARES

पर्सा २८, बैशाख । वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवको पक्राउको बिरोधमा पर्साका पत्रकार आन्दोलित बनेका छन् । वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै प्रवेशद्वारबाट आइतबार दिउसो २ बजे पक्राउ परेका पत्रकार यादवलाई नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको रोहवरमा रिहा गरेपनि उनको मोबाईल प्रहरीले नै नियन्त्रणमा राखेपछि पत्रकारहरु आन्दोलित बनेका छन् ।
बिना कारण पत्रकार यादवलाई पक्राउ गरि हातपात गरेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले प्रहरीको दुव्र्यवहार र दमनका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रम अन्तरगत समाचार बहिस्कारदेखि धर्ना सम्म रहेको छ । पत्रकारमाथि प्रहरीले गरेको दुव्र्यवहार र दमनको विरोधमा प्रहरीको समाचार बहिष्कार गर्दै सोमबार बिहान ८ बजे घण्टाघर चोकमा धर्ना बस्ने घोषणा गरेको अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।
पक्राउ परेका पत्रकार यादव नयाँ पत्रिका दैनिकको पर्सा संवाददाता समेत हुन् ।
वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै मुल गेटबाट आइतबार दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेर प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्याएको थियो । प्रहरी कार्यालयमा लगेको ३ घण्टासम्म उनलाई प्रहरीले भ्यानमै राखेको थियो ।
पत्रकार यादव पक्राउ परेको खबर पाएर जिल्ला प्रहरी कार्यालयमा पुगेका पत्रकारहरुलाई यादवसँग भेट्न पनि प्रहरीले दिएको थिएन । एफएम स्टेशनको गेट छेउकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको बहानामा दुई भ्यानमा आएका प्रहरीले लछारपछार गर्दै पक्राउ गरेर हातपात पनि गरेको पीडित पत्रकार यादवले बताएका छन् ।


उनलाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरू र ट्राफिक प्रहरी कार्यालय बिरगंजका प्रहरी निरीक्षक कमलराज पडितले पत्रकार यादवलाइ पक्राउ गरेको जनाईएको छ । पार्किङ्गमा राखिएको ना १६ प ९७०३ नम्बरको मोटरसाइकललाई हटाउन भन्दा पार्किङमा राखिएको साधनलाई किन हटाउने भनेपछि आफुलाई अपशब्द प्रयोग गर्दै उनीहरुले पक्राउ गरेको पत्रकार यादवले बताए । पत्रकार पक्राउ परेको खबर पाएपछि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष सयाम बन्जारासहितको टोली जिल्ला प्रहरी कार्यालयमा गएको थियो ।
प्रहरी भ्यानमा हालेपछि प्रहरीले आफनो मोबाइल पनि खोसेको जानकारी दिदैँ पत्रकार यादवले भने, ‘प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, गाली नगर्नुस् हामी हटाइहाल्छु भन्ने बित्तिकै एकजना असइले लछारपछार गर्दै गाडीमा हाले, भ्यानमा रहेका प्रहरी जवानले कुटपिट समेत गरे ।’
कोारेना भाइरसको महामारीका बेला जोखिम मोलेर जनतालाई सु–सूचीत गराउने कार्यमा निरन्तर खटिएका पत्रकार यादवलाई बिना कारण अनाहकमा पत्रकार यादवलाई प्रहरीले कुटपिट गरी पक्राउ गरेर ३ घण्टाबढी प्रहरी भ्यानमा नै राखेर यातना दिएको पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष बन्जराले बताएका छन् ।


उनले प्रहरीको दमन र ज्यादती विरुद्ध पर्सा प्रहरी कार्यालयले इमेल गरी पठाउने समाचार समेत बहिष्कार गरिएको र सोमबार बिहान ८ बजे घण्टाघर चोकमा सबै पत्रकार धर्नामा बस्ने बताए ।
अध्यक्ष बंजाराले पत्रकार माथि भएको दुरव्यहारको घोर बिरोध गर्दै दोषी प्रहरीमाथि कारवाही नभए सम्म आन्दोलन गर्ने जानकारी दिए । पत्रकार यादवको मोबाईल अहिले पनि प्रहरीले नै राखेको छ । जिल्लाको अनुगमनमा आएका डिआइजी धिरज प्रताप सिंहलाई पर्सा जिल्लाको गतिबिधी लगायत पर्सा प्रहरीको दुव्र्यावहार र पक्राउको बिषयमा जानकारी गराउदा समेत कुनै प्रतिकृया नजनाई हिडेको जनाईएको छ ।
पत्रकार तिवारी माथि भएको घटनाको पत्रकार सम्बद्ध विभिन्न संघ संस्थाहरुले विज्ञप्ति जारी गर्दै घोर भत्र्सना सहित दोषी प्रहरी उपर कारवाहिको माग समेत गरेको छ ।
घटना प्रति नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कर्णले विज्ञप्ति जारी गर्दै पत्रकार माथि दुव्र्यवहार सहित लछारपछार गर्नु प्रेस स्वतन्त्रता माथि ज्यादती भएको छ भने साथै प्रचलित कानुनको समेत उपहास भएको र प्रहरी ज्यादतीको कडारुपमा घोर भत्र्सना समेत गरेका छन् ।


महामारी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा अह्म भुमिका खेलिरहनु भएका चिकित्सक, औषधी व्यवसायी र कार्यबाट घर फर्किरहेका बैंकर्स समेतलाई प्रहरीले दुव्र्यवहार गर्नु अत्यन्तै दुःखद र खेदजनक रहेको हाम्रो ठहर छ । घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्न र वाक् स्वतन्त्रता एवं प्रेस स्वतन्त्रताको सम्मान गर्न सरोकारवालासंग माग गर्नु भएको छ । साथै स्वतन्त्र, निष्पक्ष तथा भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न समेत सम्बन्धित निकायसंग जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोठे मगरले विज्ञप्ती जारी गर्दै लकडाउनको समयमा अतिआवश्यक कामका लागि निस्किएका सर्वसाधारणदेखि स्वास्थ्यक्षेत्र र सञ्चारक्षेत्रमा खटिएका सञ्चारकर्मीमाथि पनि प्रहरीले दुर्व्यहार गरेको एकपछि अर्काे घटना भईरहेको छ । सो घटना माथि घोर भत्र्सना गर्दै दोषी माथि कडा कारवाहीको माग गरे ।

यसका साथै सञ्चारकर्मीलाई कार्यस्थलमा जाने सहज वातावरण बनाउन आग्रह गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले घोषणा गरेको आन्दोलनप्रति संगठनले ऐक्यबद्धता जनाएको अध्यक्ष मगरले बताए ।
यसैगरी नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहान, नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज) पर्साका कार्यवाहक अध्यक्ष अजित कुमार भुजेल लगायतकाले विज्ञप्ति जारी गर्दै दोषी माथि कडा भन्दा कडा कारवाहीको माग गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ