कालापानी क्षेत्र फिर्ता ल्याउन माग गर्दै संसदमा सत्तारुढ दलकै ६ जना सांसदद्धारा संकल्प प्रस्ताव दर्ता ( प्रस्तावसहित )

कालापानी क्षेत्र फिर्ता ल्याउन माग गर्दै संसदमा सत्तारुढ दलकै ६ जना सांसदद्धारा संकल्प प्रस्ताव दर्ता ( प्रस्तावसहित )

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौँ बैशाख २८ । भारतले ६० बर्ष देखि सेना राखेर कब्जा गरेको नेपालको कालाापानी क्षेत्र फिर्ता ल्याउन माग गर्दै नेकपाका ६ जना सांसदले ससदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
भारतले दार्चुलाको लिपुलेकस्थित नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा विरोध बढेका बेला नेकपाका सांसदहरू गणेशसिंह ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
उनीहरुले कालापानीको भूमि नेपालमा फिर्ता ल्याएर त्यसमा राजनीतिक र प्रशासनिक उपस्थिति देखाउन प्रस्तावमा उनीहरुले माग गरेका छन् ।

दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको ऐतिहासिक प्रमाण, तथ्यहरू, विभिन्न समायमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरूले प्रमाणित गरेको संकल्प प्रस्तावमा लेखिएको छ ।

अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र पूरक सम्झौताहरूले सीमा निर्धारण गर्ने भन्दै संकल्प प्रस्तावमा लेखिएको छ, ुसबै आधारहरूले सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्किने कुटीयांदी नै महाकाली नदी भएकोले सो पूर्वको करिब ४०० वर्गकिमी नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक तथा प्रशासनिक नियन्त्रणमा राखेकोले उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न गराउनका लागि संकल्प प्रस्ताव पेश गरिएको हो ।ु

नदीको उद्गम स्थल, जलाधारको बहाव र त्यसले ओगटेको क्षेत्र तथा पानी ढलोलाई अन्तर्राष्ट्रिय सीमा निर्धारणको आधार मानिने र सो आधारमा पनि भारतले नेपाली भूमि अतिक्रमण गरेको पुष्टि भएको उनीहरूको दाबी छ ।

संसदमा यसअघि नेकपाकै सांसद खगराज अधिकारीले पनि संकल्प प्रस्ताव दर्ता गराएका छन् । महिनौ अघि देखि उनले दर्ता गराएको प्रस्तावमा अझै छलफल हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ