काठमाडाैं, २८ वैशाख । एमसीसीको बिषयदेखि पार्टी भित्र निकै प्रभावशाली रुपमा उदाईरहेका नेकपाका स्थायी समिति भीम रावलले पार्टीकै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापतिलाई समितिको बैठक र सीमा अतिक्रमणबारे निर्णय गर्न नहुने भन्दै र्याख् र्याख्ती पारेका छन् ।
उनले देशको सार्वभौम सत्ता भन्दा ठूलो के कुरा हुन्छ भन्दै बैठक कि नियमित गर्नु पर्ने कि मिति तोक्न भन्दै अड्डी कसे पछि समितिकी सभापति पवित्रा निरौला खरेलले मन्त्री ज्युको पनि समय मिल्नु पर्यो भन्दै स्थगित गर्न खोजेकी थिईन् तर रावलले अडान छाडेनन् ।
बैठकमा बोल्नसमेत समय नपाएका रावलले भने, ‘सभापति ज्यू, पहिलो कुरा त मलाई बैठकमा बोल्नको लागि समय पनि दिनु भएन । अर्को कुरा मन्त्रीजीको समय मिलाउने भन्न खोजेको कुरा के हो ? उहाँको योभन्दा महत्वपूर्ण काम अरु के हुन सक्छ ? मन्त्री नआए पनि यो बैठक हुनु पर्छ । यो देशको राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताको कुरा हो ।’
सभापति निरौलाले बैठकको विषयमा टुंगो लगाएर भनिहाल्ने उल्लेख गर्दै रावललाई रोकिन आग्रह गरिन् । तर, रावलले परराष्ट्र मन्त्रीलाई आफ्ना केही प्रश्नहरु रहेको उल्लेख गर्दै मोबालई निकालेर परराष्ट्रको विज्ञप्ति देखाउदै भने, ‘म प्रश्न गर्न चाहन्छु, परराष्ट्रले जारी गरेको विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? अरु देशले वक्तव्य जारी गर्दा आफ्ना प्रवक्ता मार्फत् सञ्चार माध्यमलाई जानकारी दिन्छन् । यस्तो बेवारिसे वक्तव्य जारी गरेर गर्ने अनि भोलि बैठकमा आउँदिन भन्न मिल्छ ?’
रावलले भोलि बैठक बस्नु पर्ने र अहिले नै उक्त निर्णय हुनु पर्ने बताए । अन्तत रावलको अडान र खरो प्रस्तुतिमा रेणु गुरुङ लगायतले पनि बैठक तोक्न दबाब दिए पछि सोमबार बिहान साढे ८ बजे बैठक राख्ने निर्णय भयो ।
त्यसपछि फेरि रावलले भने, ‘मन्त्रीजीले बहाना बनाउन पाइँदैन ।’
अनि भीम रावलको प्रश्नले रिसाएका मन्त्री प्रदीप ज्ञवालीले अरु समितिले पनि बोलाएको, विदेशमा नेपालीहरु अलपत्र परेको आदि आदि कारण देखाएर व्यक्तिगत कामले नभई अरु कामले व्यस्त भएको जवाफ फर्काए ।
उनले मन्त्रीको काम के छ ? भनेर प्रश्न गर्न मिल्दैन भनेर जवाफ दिए ।
मन्त्री ज्ञवालीले अहिलेको सरकार र आफूले कुनै पनि कुरामा आत्मसर्मपण नगर्ने उल्लेख गर्दै त्यस्ता शब्द असंसदीय भाषा भएको पनि बताए । ज्ञवाली बोलिरहँदा सांसद रेणुका गुरुङले सरकारले आत्मसमरपण गर्न खोजेको त होइन भन्ने प्रश्न गरेकी थिइन् ।
ज्ञवाली बोलिसकेपछि अन्त्यमा फेरि रावलले आफूलाई छोटो समय चाहियो भन्दै बोले, ‘मन्त्री आए पनि नआए पनि बैठक हुन्छ । मन्त्री जिम्मेवार भए आउँछन् नभए आउँदैनन् । यो राष्ट्रियताको विषय हो । समितिको बैठक भोलि बस्नु पर्छ र बस्छ ।’
मन्त्री ज्ञवाली र रावलबीच एमसीसी पास गराउने या शसोधन गरेर मात्रै पास गराउने बिषयमै विवाद रहदै आएको थियो ।
यसलाई नेकपा भित्रको अन्तरविरोधको छायाको रुपमा पनि हेरिएको छ । नेकपा भित्र ज्ञवाली ओली पक्षधर हुन् भने रावल माधव नेपाल पक्षधर हुन् ।
https://www.facebook.com/sirjanatimsina/videos/746474385953033/