काँग्रेसको प्रश्न : वक्तव्य मात्रै निकाल्ने कि भूमिफिर्ता गर्न कुटनीतिक पहल गर्ने ?

काँग्रेसको प्रश्न : वक्तव्य मात्रै निकाल्ने कि भूमिफिर्ता गर्न कुटनीतिक पहल गर्ने ?

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

बैशाख २८ काठमाण्डौं । प्रतिपक्षी कांग्रेसले सरकारले लिपुलेकमा सडक बनाएर भारतले मानसरोबर जोडेको बिषयमा वक्तव्य मात्रै निकालेर सरकार बसेको भन्दै आपत्ति जनाएको छ ।
सभापति शेर बहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी कालापानी, लिम्पियाधुरा र लिपुलेकका बारेमा काँग्रेसले जहिले पनि स्पष्ट धारणा राख्दै आएको दाबी गर्दै कुटनीतिक पहल छिटो गर्न माग गरेका छन् ।
भारत र चीनबीच लिपुलेकका बिषयमा सम्झौता भएको बेला सन् २०१४ देखि नै काँग्रेसले दुबैदेशसगँ आफ्नो पार्टीको सरकारले गंभीर असहमति राखेको देउवाले स्मरण गराएका छन् ।

उनले दुई दिनको अवधिमा वक्तव्य जारी गरेर मात्रै बसेको तर कुटनीतिक पहलकदमी नगरेको भन्दै चिन्ता जनाएका छन् । उनले राजनीतिक एवं उच्च कुटनीतिक पहल गर्न सरकारलाई अपील समेत गरेका छन् ।
भारतले नोभमेम्बर २०१९ मा नक्सा जारी गरेकै बेला देखि सरकारको पहलकदमी नपुगेको र अहिले पनि वक्तव्यमा मात्रै सीमित रहनु दुखद हो देउवाले आफ्नो विज्ञप्तिमा भनेका छन् ।

सभापति देउवाको विज्ञप्तिको पूर्णपाठ

भारतीय अतिक्रमण र नेपाल सरकारको अकर्मण्यता बारे

लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छंदा यी भू–भाग बारे नेपाली कांग्रेसले सदैब प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउंदै आएको छ ।

९१० सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको थियो ।

९२० सन् २०१९ नोभेम्बरमा भारत सरकारले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपाली भू–भाग समाविष्ट गरेर प्रकाशित गरेपछि तत्कालै नेपाली कांग्रेसले कडा प्रतिक्रिया जनाएको थियो भने प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा “भारतीय सेना रहेको कालापानी लगायतका भूमी नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ” प्रष्ट धारणा साथ “त्यसका लागि नेपाली कांग्रेसको पूर्ण साथ सरकारलाई रहने” घोषणा गरेको थियो ।

९३० लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै “चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा” माग गर्दै “उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न”, नेपाली कांग्रेसले सरकारको दायित्व पुनः स्मरण गराएको थियो ।

यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर बिषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कुटनैतिक र राजनैतिक रूपमा उच्च स्तरीय पहलकदमी गर्न सार्वजनिक रुपले अपील गर्दछु ।

नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद छ । राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ । नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहनेछ ।

जय नेपाल !

शेरबहादुर देउवा

सभापति

नेपाली कांग्रेस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ