सशस्त्र प्रहरीको उत्तरी सीमा क्षेत्रमा गस्ती, सीमा पिलरको अनुगमनदेखि भारतबाट आउनेमाथि रोक

सशस्त्र प्रहरीको उत्तरी सीमा क्षेत्रमा गस्ती, सीमा पिलरको अनुगमनदेखि भारतबाट आउनेमाथि रोक

  • आइतवार, बैशाख २८, २०७७
  • डम्मर राज भट्ट

  • 9.2K
    SHARES

कन्चनपुर, बैशाख २८ ।सरकारले कोरोना भाईरस रोकथामका लागि लकडाउन र सीमा बन्द गर्ने निर्णयसंगै कञ्चनपुरमा पनि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा जनशक्ति बढाउनुका साथै सीमा पिलरको समेत रेखदेख अनुगमन एव भारतबाट आउनेमाथि रोक लगाएको छ ।

सशस्त्र प्रहरी बल ३५नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीर सिह साहु आफै कञ्चनपुरको उत्तरी भेग सीमा अनुगमन एव रेखदेखमा हिडेका छन् ।

भीमदत्त नगरपालिका १० गड्डाचौकीदेखि ९ ब्रम्हदेब खल्लामछेट्टीसम्मको सीमा पिलर र क्षेत्रको अनुगमन गरिएको छ । शनिबार अनुगमन गरिएको हो । ‘सीमा पिलर र सीमा क्षेत्रमा आवत जावतमा रोक लगाईएको छ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘उत्तरी सीमा क्षेत्रबाट कुनैपनि न भारत न नेपाल छिरेका छन् ।’

सशस्त्र प्रहरी उपरीक्षक शाहुले सो क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा सुक्ष्म रुपमा अनुगमन गर्न निर्देशन दिएका छन् । चुस्त दुरुस्त भएर प्राकृतिक सम्पदा एव व्यक्तिको आवत जावत पूर्ण रोक लगाउन निर्देशन दिएका हुन् । पछिल्ला दिनहरुमा नागरिकबाटै समाजिक दुरीको वेवास्ता गर्दै राजमार्ग, चिया चोक चौतारामा भिडभाँड जुटाएर लकडाउन उलङघन हुन थालेपछि सशस्त्र प्रहरीले साईकल गस्ती गर्न नीति अघि सारेको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट नेपाल प्रवेस र भारत प्रवेस गर्नेमाथि रोक लगाउँदै लकडाउन प्रभावकारी गर्नका लागि बजारमा समेत अनुगमन जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ