भारतीय हस्तक्षेपविरूद्व बिद्यार्थीद्वारा संसद भवन अगाडि प्रदर्शन, प्रहरीकाे हस्तक्षेप

भारतीय हस्तक्षेपविरूद्व बिद्यार्थीद्वारा संसद भवन अगाडि प्रदर्शन, प्रहरीकाे हस्तक्षेप

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडाैं, २८ वैशाख ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का विद्यार्थीहरूले भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन गरेका छन् । साे क्रममा प्रहरीले हस्तक्षेप गरी १० जनालाइ नियन्त्रणमा लिएकाे छ ।

उनीहरूले आइतबार बिहान सीमा मिचेको विरोधमा प्रदर्शन गरेका थिए । पक्राउ पर्नेमा रविन जंग वस्नेत, समीर बुढाथोकी मुक्ति, भुमीराज अधिकारी, निर्गराज जैसी , प्रवेश दहाल
गोबिन्द भण्डारा, सङ्हर्श दाहाल, गोबिन्द बिष्ट, हरि भण्डारी,राम नरेश यादव र हिक्मत महरा रहेका हुन्। उनीहरुलाई तीनकुने प्रहरी चौकीमा राखिएको छ ।

शनिबार पनि उनीहरुले माइतीघर मण्डलामा विरोधमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा पक्राउ परेपछि उनीहरु शनिबार राती नै छुटेका थिए।

‘ओली सरकार राजीनामा दे, सीमा सुरक्षामा सुरक्षाकर्मी खटाउ’ लगायतका नारा लगाउदै बिद्यार्थीहरू प्रदर्शनमा उत्रीएका थिए ।   प्रहरीले लकडाउनमा प्रदर्शनमा उत्रीएकाे भन्दै पक्राउ गरेकाे थियाे ।

देशको सीमा बचाउ अभियानमा लागेका विद्यार्थीमाथि बल प्रयोग गरी पक्राउ गर्नु निन्दनीय कार्य भएकाे भन्दै उनीहरूले  बिराेध जनाएका छन् ।

भारतले शुक्रबार मात्रै नेपाली पक्षसँग सल्लाह नै नगरी नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भू-भाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्नेसम्मको लचकता देखाउँदासमेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ