बैशाख २७ काठमाण्डौं । आन्तरीक विवादलाई पन्छाउदै नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले भारतले लिपुलेकमा नेपाली भूमिबाट सडक निर्माण गरेर चीन जोडेकोमा आपत्ति जनाउदै सयुक्त वक्तव्य जारी गरेका छन् ।
वक्तव्यमा दुई अध्यक्षले भारतले लिपुलेकमा एकतर्फी रुपमा सडकको उद्घाटन गरेकोमा गंभीर ध्यानाकर्षण गराउदै नेपालको सार्वभौमिकतालाई कमजोर आकेको ठहर गर्दै उक्त कार्य अविलम्ब रोक्न आग्रह गरेका छन् ।
भारतले एकतर्फी रुपमा सुरु गरेको सडक निर्माण कार्य दुई देशका सरकारले उच्च तहमा गरेको उच्चस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने सहमति विपरित रहेको नेकपाले बताएको छ ।
पार्टीले तत्काल सो क्षेत्रमा सडक निर्माण कार्य रोक्न र विषयलाई थप जटिल बनाउने गतिविधि रोक्न भारतलाई आग्रह गरेको छ ।
सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । ‘यो तथ्यलाई नेपाल सरकारले विगतमा निरन्तर दोहोर्याउँदै आएको छ र पछिल्लो पटक नयाँ राजनीतिक नक्सा जारी भएको सन्दर्भमा भारत सरकारलाई पठाइएको कुटनीतिक नोटमार्फत सन् २०१९ को नोभेम्बर २० मा पनि पुनः अवगत गराइएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।
दुई देशबीचको लामो मैत्रिपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै सरकारले कुटनीतिक पहल र वार्ताको माध्यमबाट सीमा विवाद समाधानका लागि गरेको पहलको नेकपाले समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हेर्नुस् विज्ञप्तिः
