६ बिद्यार्थी संगठनद्धारा लिपुलेकलाई व्यापारीक मार्ग बनाउने समझदारी खारेज गर्न भारत र चीनलाई चेतावनी (विज्ञप्ति सहित)

६ बिद्यार्थी संगठनद्धारा लिपुलेकलाई व्यापारीक मार्ग बनाउने समझदारी खारेज गर्न भारत र चीनलाई चेतावनी (विज्ञप्ति सहित)

  • शनिबार, बैशाख २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

बैशाख २७ काठमाण्डौं । विभिन्न ६ विद्यार्थी संगठनले नेपाली भूमि आफ्नो नक्सामा पारेर त्यसलाई फिर्ता गनुको सट्टा उल्टै सडक निर्माण गरेकोमा घारे भत्र्सना एवं निन्दा गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
जस अनुसार परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाउने, भारतीय दुतावासमा विरोध पत्र बुझाउने र सडक आन्दोलनका लागि तयार रहन सबैमा ६ विद्यार्थी संगठनले अपील गरेका छन् ।
नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष चीरञ्जीवी ढकाल, अखिल पाचौँका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, राप्रविसंघका अध्यक्ष महेश बहादुर सिंह,अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष सन्देश भट्टराई र राप्रविसंघ(सयुक्त) का अध्यक्ष धनसुर शाहीले आज सयुक्त विज्ञप्ति जारी गरी २०७२ सालमा नेपाली भूमि लिपुलेकलाई व्यापारीक मार्ग बनाउने सम्बन्धमा भारतसगैँ चीनको भूमिका समेत देखिएकाले उक्त सभ्झौता खारेज गर्न दुबै देशलाई चेतावनी दिएका छन् ।
साथै विज्ञप्तिमा नेपाललाई संकट परेका बेला जहिले पनि भारतले हस्तक्षेप गर्ने गरेको भन्दै उनीहरुले नेपाल भारत प्रवुद्ध समुहको प्रतिवेदन नबुझ्नुका पछाडी भारतको नियत निरन्तर हस्तक्षेप गर्ने नै देखिएको भन्दै आपत्ति जनाएका छन् ।
मिचिएको भूमि फिर्ता गर्न, नेपालमा दादागिरी बन्द गर्न र नेपालको सार्वभौम सत्ताको सम्मान गर्न भारतीय शासक बर्गलाई चेतावनी दिन चाहन्छौं ६ विद्यार्थी संगठनको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।
कालापानीलाई समेटेर भारतले नक्सा जारी गरे पछि उठेको विद्यार्थी आन्दोलन पछि सर्बदलीय बैठकले दिएको म्यान्डेट अनुसार भारतसगँ कुनै पनि पहल नगरेको बरु भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको भन्दै विज्ञप्तिमा सरकारको आलोचना गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ