बैशाख २७ काठमाण्डौं । नेपालको भूमि लिपुलेक हुदै चीन जाने सडक बनाएकोमा भारतलाई अविलम्ब उक्त कदमबाट पछि हट्न नेकपाले चेतावनी दिएको छ ।
नेकपाका अन्तराष्ट्रिय ब्यूरोका ईन्चार्ज धर्मेन्द्र बास्तोला कन्चनले एक विज्ञप्ति जारी गरी सडक निर्माण कार्य पूर्ण रुपले बन्द गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका छन् ।
साथै त्याहाँबाट भारत पछि नहटे स्वाधीनताको संघर्ष गर्ने चेतावनी पनि विज्ञप्तिमा दिईएको छ ।
साथै यत्रो अतिक्रमण र हस्तक्षेप हुदाँ समेत चुपचाप लाग्ने ओली सरकार भारतीय साम्राज्यवादप्रति दलाली र लाचार बनेको आरोप विज्ञपितमा लगाईएको छ ।
साथै उक्त सडक सञ्जालको सन्दर्भमा नेपाली भूमि हडप्ने भारतको प्रपञ्चमा प्रत्यक्ष या अप्रत्यक्ष रुपले सहभागी नहुन चीनसगँ पनि नेकपाले अपील गरेको छ र
साथै नेपालको सार्वभौमिकतामाथि भारतले हस्तक्षेप गरेको सन्दर्भमा ध्यान दिन सयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय निकायहरुलाई कन्चनले आग्रह गरेका छन् ।
हेर्नुस् विज्ञप्तिः
