नेपालमा बसीरहेका चीनीयालाई नेपालको कानुन मान्न दुतावासको आग्रह

नेपालमा बसीरहेका चीनीयालाई नेपालको कानुन मान्न दुतावासको आग्रह

  • शनिबार, बैशाख २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

बैशाख २७ काठमाण्डौं । नेपाल स्थित चीनीया दुतावासले नेपालमा बस्ने आफ्ना नागरिकहरुलाई नेपालको कानुनको पालना गर्न आग्रह गरेको छ ।

चिनियाँ दूतावासका प्रवक्ता लुअन सीउतानले गएराति विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेको हो ।

चिनियाँ नागरिकले आफ्नो मुलुक फर्कन पाउनु पर्ने भन्दै हिजो निशेधित क्षेत्रमा प्रदर्शन गर्दा झडप भएको थियो ।
झडपमा केही चिनियाँ नागरिक र प्रहरी घाइते भएका थिए । प्रहरीले उक्त स्थानबाट करिब ४५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो भने केहीलाई राखेर अरुलाई रिहा गरेको छ ।

प्रवक्ता लुअनले नेपाल अहिले कोभिड–१९ का कारण लकडाउनलाई कार्यान्वयनमा गर्ने अवस्थामा रहेको उल्लेख गर्दै चिनियाँ दूतावासले यो परिस्थितिमा यहाँ रहेका आफ्ना नागरिकहरुलाई आवश्यक सहकार्य गर्न भनेको उल्लेख गरेका छन् ।
‘अनावश्यक कुरालाई छाडी अन्तर्राष्ट्रिय हवाई उडान नखुल्दासम्मको अवस्थासम्म चिनियाँ नागरिकलाई पर्खन भनिएको छ,’ उनले भनेका छन् । साथै, चिनियाँ दूतावासले नेपाली पक्षलाई चिनियाँ नागरिकको वैधानिक अधिकार र हितको रक्षा गर्न अनुरोध गरेको छ ।

दूतावासले नेपालमा धेरै संख्यामा चिनियाँ नागरिक अड्किएका कारण चीनले अस्थायी उडानको व्यवस्था गर्दै समस्या परेका करिब ३ सय ४० चिनियाँलाई यसअघि पठाइसकेको जनाएको छ ।

उनले सीमित उडानका कारण धेरै चिनियाँहरु अझै नेपालमा अड्किएको बताएका छन् । नेपालले मे ३१ सम्मको लागि अन्तर्राष्ट्रिय उडानलाई रद्द गरेको र चिनियाँहरुले विभिन्न माध्यमबाट घर फर्कनका लागि आग्रह पनि गरिरहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ