बाबुराम भट्टराईद्धारा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग

बाबुराम भट्टराईद्धारा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बैशाख २६ काठमाण्डौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले स्वास्थ्य आदि कारणले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन माग गरेका छन् ।
अध्यादेश, पार्टी विभाजनका लागि रातारात गरिएको षड्यन्त्र,सांसद अपहरण जस्ता कारणले अब प्रधानमन्त्रीकोअहिले प्राप्त उचाई घट्ने भन्दै अब आराम गर्न सुझाव दिए ।
उनले प्रधानमन्त्री हुदैमा जनताले सम्झिरहने वातावरण नबन्ने भन्दै उसले गरेको राम्रो कामलाई मात्र जनताले सम्झिने बताए ।
महात्मागान्धी कहिले पनि प्रधानमन्त्री नभए पनि उनलाई सम्झिने गरेको उदाहरण दिदै अब उचाई कायम राखेर बस्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
उनले सांसद रेशम चौधरीलाई रिहा गर्न पनि माग गरेका छन् ।
यसै गरी विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्धमाथि पनि प्रश्न उठाउदै उहाले सबै नेता कार्यकर्ता रिहा गर्न माग गरे ।

भट्टराईले विदेशमा रहेका ६० लाख नेपाली युवाहरुको ठूलो बिचल्लि भएको भन्दै उनीहरुलाई आउन नदिएर सरकारले अनागरिक जस्तो बनाउनु बाहेक कुनै विकल्प दिन नसकेको बताएका छन् ।
संसदको बजेट अधिवेशनमा आज बोल्दै डा. भट्टराईले महामारी, तेलको मुल्यमा गिरावट आदि कारणले यस बर्ष भित्र करीब १५ देखि २० लाख युवाहरु नेपाल आउने संभावना रहेको भन्दै उनीहरुलाई सुरक्षित रुपले आफ्नो देशमा ल्याउने र रोजगारीको व्यवस्था गर्न अहिले देखि नै लाग्नु पर्ने बताए ।
उनले विदेशीहरुले सरकारले तिमीहरु जाउ भन्ने , नेपालले नआउ भन्ने के उनीहरुको जिम्मेवारी सरकारले लिनु पर्दैन ? सरकार के हेरेर बसेको छ ? प्रश्न गरे ।
अहिले वातावरणीय कारणले या प्रकृतिका कारणले संयोगबस कोरोनाले ठूलो क्षति नेपालमा नपुर्याएको भए पनि अस्पताल, स्वास्थ्य उपकरण पर्याप्त नभएको र परीक्षण धेरै कम भएको उनले बताए ।
नेपालमा केबल १० लाख मानिस बराबर ५ सय ३४ जनामा मात्रै पिसिआर परीक्षण भएको देखिएको भन्दै यसको दायर बढाउनु पर्ने बताए ।
देशलाई २ देखि ५ खर्ब सम्मको आर्थिक क्षति हुन सक्ने भट्टराईले अनुमान गरे ।
प्रधानमन्त्री रातभर पार्टी फुटाउने षड्यन्त्र गर्ने, संवैधानिक अंगहरु कब्जा गर्ने तिर लागेको देखिन्छ , यो लोकतन्त्रका लागि शुभ संकेत होईन उनले भने ।

प्रहरीले सांसद अपहरणको जाहेरी प्रहरीले किन निलिएको भन्दा म लिन्न मात्रै भनेको भन्दै शक्तिको दुरुपयोग भएको भट्टराईले बताए ।
उनले पीडितमाथि नै विभिन्न उजुरी हालेर तपाई नि फिर्ता लिनुस्, हामी नि फिर्ता लिन्छौ भने जस्तो गरेको भन्दै सांसद अपहरणको मुद्धा गंभीर रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ