बैशाख २६ काठमाण्डौं । जनता समाजवादीका नेता राजेन्द्र महतोले सांसद अपहरण गर्नेहरुविरुद्ध कसको हुकुममा मुद्धा दर्ता नभएको भन्दै प्रश्न गरे ।
उनले अहिले कोरोनाबाट जनता जोगाईदेउ सरकार भन्दै अध्यादेश ल्याउने, पार्टी फुटाउने, सांसद अपहरण गर्ने , कुर्सी बचाउनमा लागेको भन्दै दुई तिहाईको सरकार काम न काजको भएको बताए ।
उनले जनताको लागि राहत प्याकेज आउला भनेको त कुर्सी बचाउन अध्यादेश, सासद अपहरण जस्ता काममा लागेर पहाड खनेर मुसा भेटिएको जस्तो काममा सरकार लागेर जनतालाई पीडा पुर्याउने काम गरेको बताए ।
महतोले आफूहरुले पनि सरप्राईज रुपमा एकता गरेर पार्टी फुटाउन चुनौती दिएको बताए ।
क्षमता भएको र एजेण्डा नभएको सरकारसँग केही माग राख्नुको औचित्य नभएको भन्दै कसलाई कतिखेर के मुद्धा लगाएर फसाउने हो ठेगानै नभएको महतोले जिकिर गरे ।
विदेशमा रोजगारीका लागि गएका नेपालीहरुलाई स्वदेशमा ल्याएर रोजगारी र राहतको व्यवस्था गर्न महतोले माग गरे ।