सांसद अपहरणमा सरकारनै संलग्न भएको देउवाको दाबी

सांसद अपहरणमा सरकारनै संलग्न भएको देउवाको दाबी

अपहरण र स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार गर्नेमाथि कार्बाही माग

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बैशाख २६ काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकार आफै सांसद अपहरणमा संलग्न रहनु दुर्भाग्यपूर्ण रहेको भन्दै यसमा संलग्नहरुलाई तत्काल कार्बाहीको माग गरेका छन् ।
सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै उनले पूर्व आईजिपी सर्वेन्द्र खनाल , नेकपाका सांसद महेश बस्नेत र कृष्ण श्रेष्ठका बिरुद्ध उजुरी सरकारी वकिलको कार्यलय काठमाण्डौमा दिईसकेका छन् ।
आजदेखि शुरु भएको संसदको बजेट अधिवेशनमा बोल्दै देउवाले स्वास्थ्य सामाग्री खरीदमा बजार मुल्य भन्दा बढी राज्यकोषबाट निकासा गरेर सिधा भ्रष्टाचार भएको भन्दै यसमा संलग्नलाई समेत तत्काल पदमुक्त गरेर कार्बाही अघि बढाउन माग गरेका छन् ।
देउवाले जनतलाई खान पनि नदिने , गाँउ जान पनि नदिने गरेर असक्षमता देखाएको भन्दै पत्रकार, सञ्चारमाध्यम, कृषक, मजदुर, साना व्यवशायी सबैलाई बिशेष राहत प्याकेज ल्याउन पनि माग गरेका छन् ।
कोरोना विरद्ध सरकारलाई साथ दिने बताउदा बताउदै पनि प्रधानमन्त्रीले लोकतन्त्र विरोधी गतिविधि गर्दै दल विभाजन र संवैधानिक परिषद्को गरीमा समाप्त पार्ने गरी अध्यादेश ल्याउनु प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठेको बताएका छन् ।
यसै गरी उनले सुकुम्बासीलाई जाउलो दिनु पर्ने बेला भूमि आयोग गठन गर्ने कार्य पनि सरकारको गलत भएको बताए ।
सरकारले लोकतन्त्र बिरुद्ध घात गरीरहेकाले यसको रक्षाका लागि सबै एकजुट हुनु पर्ने देउवाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ