बैशाख २६ विराटनगर । कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमितहरुलाई प्रतिरोध क्षमता वृद्धिका लागि आयुर्वेदिक औषधी र जडीबुट्टी मिश्रीत तत्वहरु प्रयोग गरिएको छ । जसले सकारात्मक नतिजा दिएको देखिएको छ । च्यवनप्रास नियमित खुवाईएको छ भने अस्वगन्धा, गुर्जो लगायतका जडिीबुट्टी मिश्रित तत्वहरुको पनि प्रयोग गर्दा बिरामीहरुलाई फाईदा पुगेको पाईएको छ ।
आयुर्वेदिक विभागले प्रदेश सरकारलाई उपलब्ध गराएको औषधीहरुलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका संक्रमितहरुका लागि प्रयोग गरिएको छ ।
सुरुमा हामीले उहाँहरुको खानपान र स्याहरसँगै आवश्यक पर्दा न्यूनतम (एलोपैथ) औषधी चलाएका थियौं, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले भन्नुभयो–पछिल्लो केहिदिनदेखि तीन प्रकारको आयुवेर्दीक औषधी समय मिलाएर सेवन गराईरहेका छौं । यसले राम्रै गरेको छ ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बृद्धि गर्दा संक्रमितहरुले कोरोना भाईरस परास्त गर्न सहज हुने चिकित्सकबीचको निष्कर्षका आधारमा आयुवेर्दीक औषधी सेवन गराउन शुरु गरिएको थियो ।
आयुवेर्दिक औषधीको सेवन गराउन थालेसँगै उदयपुर त्रियुगा नगरपालिका–३ स्थित भुल्केस्थित मस्जिदमा कोरोना संक्रमित भएका विराटनगर–१७ का ७२ वर्षिया आईमन मियाँ र ६० वर्षिया इजरायल मियाँले समेत कोरोनालाई परास्त गर्न सफल भएर डिस्चार्ज भईसकेका छन् । उनीहरु जम्मा ८ जना आज डिस्चार्ज भएका छन् भने ६ जना हिजो डिस्चार्ज भएका थिए । सबैमा यी आयुर्वेदिक ओखतीहरुको प्रयोग भएको थियो ।
उमेरका कारण समस्या हुन्छ भनेर चिन्तामा थियौं, डा.मिश्राले भन्नुभयो–उहाँले नै सजिलै पराजित गरिदिनु भएपछि अझै आत्माबल बढेको डा. मिश्राले बताउनु भयो ।
अब कोशी अस्पतालमा उपचारमा रहेका १७ जनामा पनि यो आयुर्वेदिक ओखतीको प्रयोग भईरहेको जनाईएको छ ।