काठमाडौँ बैशाख २६ । जहिले पनि संकटका बेला नेपालको सीमाना र आन्तरीक राजनीतिमा हस्तक्षेप गर्दै आएको भारतले कोरोना संकटको महामारी चलिरहेका बेला फेरी अर्को नाङगो हस्तक्षप गरेको छ ।
यस अघि राजनीतिक नक्सामा नेपालको कालापानी लिम्पिया धुर र लिपुलेक पारेको भारतले अहिले त्यही नेपाली भूमि हुदै चीन तिव्वतको मानसरोबर जोड्ने बाटोको उद्घाटन आज गरेको छ ।
भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्सबाट उक्त बाटोको उद्घाटन गरेका छन् ।
भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गरे पछि एक ईन्च पनि सिमाना गुम्न नदिने भनेको नेपाल सरकारले वार्ताका लागि पहल गर्दा समेत वास्ता नगरेको भारतले अहिले फिल्डमै कब्जा जमाएको छ ।
त्यसोत कालापानीमा ६० बर्षदेखि भारतीय फौज नेपाली भूमिमा बसिरहेको छ ।
भारतको भारतकोे पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गमा उक्त लिपुलेक क्षेत्र नेपाल–भारत सीमानाको लिम्पियाधुरा क्षेत्रदेखि निकै वर नेपाली भागमा रहेको छ । राजनाथ सिंहले ट्वीटरमा उल्लेख गरेको गुञ्जी र लिपुलेक नेपालको दार्चुला जिल्लामा पर्दछ । नक्सामा पार्दा त विरोध भईरहेको यो क्षेत्रमा भारतले अन्तराष्ट्रिय स्तरको सडक सञ्जाल बनाउदा समेत सरकार बेखबर जस्तै बनेको छ ।

यस बिषयमा सरकारले अहिले सम्म कुनै प्रतिकृया दिएको छैन । नेपाली भूभागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूभाग गर्दै नयाँ राजनीतिक नक्सामा राखेर सार्वजनिक गरेको भारतले विवाद समाधान नहुदै बाटै खने पछि नेपालीहरु चिन्तित बनेका छन् ।
सन् १८१६ मा नेपाल र तत्कालिन ब्रिटिस इन्डियाबीच भएको सुगौली सन्धिअनुसार नेपाल र भारतबीचको पश्चिमी क्षेत्रमा सीमानाको उद्गमविन्दु लिम्पियाधुरा हो, जहाँबाट काली नदी बग्छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका दौरान मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएका सहमतिमध्ये एक बुदाँमा लिपुलेकलाई भारत‘–चीनबीचको व्यापारिक नाकाको रुपमा विकास गर्ने सहमति भएको थियो । त्यस पछि नेपालले आपत्ति जनाएको थियो ।
चीनले गल्ती भएछ भनेर त्यतिखेर स्वीकार गरे पनि भारतलाई तात्कालीन प्रधानमन्त्री शुसील कोईरालाले पठाएको पत्रको भारतले त्यस बेला पनि कुनै जवाफ नदिएको बताईन्छ ।
तस्वीर श्रोतः भारतीय रक्षा मन्त्री राजनाथ सिंहको ट्वीटबाट