लकडाउनको मौका छोपी ५० रुपैँया दिएर बालिका बलात्कार, दश लाखमा मिलाउँन खोज्दा प्रहरीकाे नियन्त्रणमा

लकडाउनको मौका छोपी ५० रुपैँया दिएर बालिका बलात्कार, दश लाखमा मिलाउँन खोज्दा प्रहरीकाे नियन्त्रणमा

  • शुक्रबार, बैशाख २६, २०७७
  • डम्मर राज भट्ट

  • 14.6K
    SHARES

कञ्चनपुर, २६ बैशाख  ।  विश्वभरी कोरोना भाईरस (कोडिभ १९)ले मानव जातिमाथि नै आतङ्क मच्चाईरहेको छ । कोरोनाको त्रासले मानिसलाई कसरी बाँच्ने सोच्न विवश पारेको अवस्थामा कञ्चनपुरमा एक बालिका माथि बलात्कार भएको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि (बन्दाबन्दी) लकडाउन गरेकै समयमा २ बैशाखमा कञ्चनपुरकी एक बालिकामाथि बलात्कार भएपनि घरमा ढिलोगरि बताएपछि घटना पाँच दिनपछि घटना बाहिरिएको थियो ।

लकडाउका बेला कञ्चनपुरका स्थानीय केही गहुँ भित्र्राउन व्यस्त छन, घरमै बसेका केही कृषिजन्य काममा पनि व्यवस्त छन् । तर, कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाका एक बृद्धले आफन्त १५ बर्षिया बालिकालाई बलात्कार गरेका छन् । ति बालिका माथि गिद्दे नजर लगाएका ६८ बर्षिया तारा ओझा अहिले प्रहरी फन्दामा परेका छन् ।

उनले बालिकालाई ५० रुपैया दिएर बलात्कार गरेको खुलेको छ । पीडक पक्षले घटना मिलाउन पीडित (बालिका) पक्षलाई दश लाख दिन खाजेपछि प्रहरीले घटना मिलाउन दिएको छैन् । पीडक पक्षले पीडित पक्षलाई दिएको १०लाखको चेक समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकाले बलात्कार गरेपछि ती ब्याक्तिले कसैलाई नभन्नु भनेर ५०रुपैया दिएको केही अधिकारकर्मीसंग बताएकी छिन् । दुई बिस रुपैयाको नोट र एक दशको नोट दिएर कसैलाई नभन्नु भनेको बालिकाले बताएकी छिन् ।

‘भित्र लगेर बृद्धले आफ्नो कपडा र मेरो कपडा खोलेर बलात्कार गर्याे’, ती बालीकाले भनिन् ।  बालिकाका एक आफन्तले बालिका ओझाको घरमा गएका बेला मुख च्यापेर जबरजस्ती बलात्कार गरेको बताएका थिए । ‘बृद्ध बुढा बालिकाका आफन्त नातेदार हुन, ‘बालिकाका आफन्तले भने, ‘सोच्दै नसोचेको घटना गराईयो । घरयासी कामकाजले बालिका बृद्धको घरमा गएका बेला सबै गहुँ काट्न गएको मौकामा बृद्धले आफ्नै घरमा बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले बृद्ध ओझाका नाममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी दिएका थिए । ओझा बिरुद्ध जबरजस्तीकरणी उद्योगमा दिएको किटानीका आधारमा कञ्चनपुर प्रहरीले बृद्धलाई भोलीपल्टै पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले बृद्ध पक्राउ गरि अनुसन्धानको काम अन्तिम चरणमा पुगेको बताए । पीडक पक्षले पीडितलाई घटना मिलाउन दिएको चेक पनि नियन्त्रणमा लिएरको प्रवक्ता पौडेलले बताए ।

साना नानीहरूलाइ बृद्व व्याक्तिहरूबाट

नाति पनातिनी सरह बालिकामाथि भएका यस्ता घटनाप्रति समाजिक रुपमा चिन्ता व्यक्त गरिएको छ । कञ्चनपुरका महिला अगुवाहरुले लकडाउनको मौकाछोपी बालिका, किशोरी एव महिलामाथि हुने घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन् । अधिकारकर्मी माया नेगीले अपराधी जो सुकै जस्तो सुकै किन नहुन् महासंकटको घडीमा यस्ता काम गर्ने गराउने व्यक्तिहरुमाथि थप कार्बाहीको माग अघि सारिन् ।

लकडाउनका समयमा कञ्चनपुरमा आत्महत्याका साथै किशारी महिलामाथिका बलात्कार, यौनजन्य हिंसा रोकिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ