ओलीलाई मनपरी गरेको भन्दै कस्सिएका यी दोस्रो तहका नेताहरुः अब डेलिगेसननै जाने

ओलीलाई मनपरी गरेको भन्दै कस्सिएका यी दोस्रो तहका नेताहरुः अब डेलिगेसननै जाने

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

बैशाख २६ काठमाण्डौं । २४ गते साझँको समय । स्थायी कमिटिको बैठक बसाउने बिषयमा छलफल चल्दै गर्दा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष जसले बैठकको अध्यक्षता गरिरहेका थिए , अचानक उठेर हिँडे ।
अब अध्यक्ष नै हिडे पछि प्रचण्ड सहित अरु आठ सचिवालयका सदस्य अलमलमा परे ।
फेरी प्रचण्डले ओलीसगँ लगातार छलफल गरे । तर ओली पार्टीको २५ गतेको स्थायी समिति बैठक राख्न तयार भएनन् । बरु नीति कार्यक्रम र बजेटतिर लाग्न थाले ।
त्यस पछि मुर्मुरिएका स्थायी समितिका २० जना सदस्यहरु धुम्बाराहीमा पुगेर कस्सिए । उनीहरुले अध्यक्षले एजेण्डा नबनाए आफै बनाएर बुझाउने गरी उनीहरु कस्सिएका छन् ।
४० सदस्यीय स्थायी समितिको झण्डै आधा हिस्सा यसरी बैठक माग गर्दै कुदीरहदाँ पनि अध्यक्ष बैठक टार्ने र अरुको कुरा नसुन्ने, मनपरी अध्यादेश ल्याएर गणतन्त्रलाई कमजोर पार्ने, पार्टीलाई कमजोर पार्ने भन्दै कस्सिएका उनीहरुले अब प्रचण्ड र ओलीलाई भेटेरै एजेण्डा दिने र बैठक माग गर्ने तयारी गरेका छन् ।
यसमा सबै भन्दा आक्रामक रुपमा प्रस्तुत भएकी छिन् प्रदेश तीनकी ईन्चार्ज तथा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य ।
उनी पार्टी भित्र अध्यक्ष ओलीको कार्यशैलीको लगातार बैठकमा आलोचना गर्ने नेतामा पर्छिन् ।
अन्तिम समयमा बैठक स्थगित गर्नुको कारणबारे जानकारी माग्ने र बैठक राख्न अनुरोध गर्ने गरी यीनै स्थायी समिति सदस्यहरुले प्रचण्ड र ओलीलाई भेट्ने प्रयास गरीरहेका छन् ।
२० गतेको सचिवालयको बैठकमा आन्तरीक विवाद र खतरा टरेको भनिए पनि ४ दिन पछि फेरी विवादले नयाँ मोड लिए पछि नेकपा भित्र ब्यापक अन्तरविरोध पैदा भएको छ ।
यसरी दबाब दिन कस्सिएका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, भीम रावल, भीम आचार्य, हरीबोल गजुरेल , रघुजी पन्त, गोकर्ण विष्ट, पम्फा भुषाल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, मात्रिका यादव लगायतका रहेका छन् ।
अध्यादेश पछि प्रधानमन्त्रीको राजीनामै शीर्ष नेताहरुले मागेका थिए भने उनीहरुले लिखित रुपमा बैठकको माग राखेर दुबै अध्यक्षलाई पत्र बुझाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ