२० नेताद्धारा स्थायी कमिटी बैठकको एजेन्डा तय, प्रचण्डलाई भेटेर भने– बैठक छिटो बोलाउनुपर्यो

२० नेताद्धारा स्थायी कमिटी बैठकको एजेन्डा तय, प्रचण्डलाई भेटेर भने– बैठक छिटो बोलाउनुपर्यो

  • बिहिबार, बैशाख २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

वैशाख २५, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका २० जना सांसदले जतिसक्दो छिटो स्थायी कमिटी बैठक आह्वान गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
पार्टी बैठकको माग गर्दै अध्यक्षद्वयलाई पत्र लेखेका सदस्यहरुको पार्टी कार्यालय धुम्बराहीमा भएको भेलाले विधानअनुसार जतिसक्दो छिटो पार्टीको स्थायी कमिटी बैठक डाक्नै पर्ने निचोड निकालेका हुन् ।
भेलापछि स्थायी कमिटी सदस्य जनार्दन शर्माले भन्नुभयो, ‘हामीले विधानसम्मत बैठकको माग गरेकाले विधान नमिचेर जतिसक्दो छिटो बैठक राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भनेका छौं,’ ‘हामीले नै माग गरेको बैठक भएकाले त्यसको एजेन्डा पनि हामीले तय गरेका छौं ।’
अध्यक्षद्वयले पार्टी बैठकको एजेन्डा तय गर्न नसकेर स्थायी कमिटी बैठक स्थगित गरेको खबर सार्वजनिक भइरहेका बेला नेताहरुले एजेन्डासमेत तय गरेका हुन् । उनीहरुले कोरोनाको संक्रमण रोकथाम, विदेशमा रहेका नेपालीहरुको स्वदेश फिर्ता, पार्टी एकता सुदृढीकरण, सरकारको कामको समीक्षा र आगामी बजेटलाई स्थायी कमिटी बैठकको एजेन्डा बनाएका छन् ।
भेलाबाट एजेन्डा पास भएलगत्तै शर्मासहित स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी पन्त र हरिबोल गजुरेल खुमलटार पुगेर प्रचण्डलाई बैठक छिटो बोलाउनुपर्ने माग गरेका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग पनि यो विषयमा कुराकानी भएकाले थप सल्लाह गरेर दुई चार दिनमै बैठक बोलाउने बताएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले कार्यकारी अध्यक्ष प्रचण्डमार्फत, प्रधानमन्त्रीज्यूलाई पनि छिटो बैठक बोलाउन आग्रह गर्दै फेरि ध्यानाकर्षण गरेका छौं, ‘तपाईंहरुले पनि भन्नुभयो, मेरो पनि प्रधानमन्त्रीसँग कुराकानी भएको छ, दुईरचार दिनमा बैठक बोलाउँछौं भनेर अध्यक्षले जवाफ दिनुभएको छ ।’
आफूहरुले बैठक डाक्न गरेको आग्रहमा सरकार उदासिन भएको भन्दै यी नेताहरु आपसमा छलफल र परामर्श गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको र सरकार एकलौटी चलेको भन्दै त्यसको जवाफ स्थायी कमिटी बैठकमै आएर दिनुपर्ने उनीहरुको माग छ । मागबमोजिम बिहीबारका लागि बैठक डाकिए पनि तयारी नपुगेको भन्दै अध्यक्षद्वयले स्थगित गरेका थिए । पार्टी बैठक नै बोलाउने या नबोलाउने भन्नेबारेमा नेकपाको बुधबारको सचिवालय बैठकमा नेताहरुका बीचमा चर्काचर्की भएपछि बैठक एजेन्डामै प्रवेश नगरी सकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ