कन्चनपुर, बैशाख २५।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले साढे सात हजार भन्दा बढि परिवारलाई राहत वितरण गरेको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोडिभ १९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण खाद्यान्न समस्या भएका सात हजार आठ सय ७१ परिवारलाई राहत वितरण गरिएको हो ।
भीमदत्त नगरपालिका राहत वितरण तथा अनुगमन समितिले १९ वटै वडामा गरेको अनुगमनका क्रममा पहिलो चरणको राहत कार्यक्रम अन्र्तरगत विपन्न एव दैनिक ज्यालामजदुरी गरि गुजारा चलाउने परिवारले राहत पाएको जनाएको छ । उप प्रमुख शुशिला चन्द सिहको संयोजकमा रहेको अनुगमन समितिका सदस्यन्याय समिति सदस्य सन्तोषी साउद ऐर,लक्ष्मण तिवारी, भवराज रेग्मी, सदस्य सचिव हरिदत्त जोशीले संयुक्त रुपमा गरेको अनुगमनका क्रमममा गरिब,ज्याला बजदुरी,गरीब परिवारहलरूले राहत पाएको जनाएका छन् । भीमदत्त नगरका प्रवक्ता हिमाल चन्द अध्यक्ष भएको १७ नम्बर वडाबाट अनुगमन सुरू गरिएको थियो । अनुगमनका क्रममा सम्पन्नहरुपनि राहतका लागि गुनासो लिएर आएको भीमदत्त नगरपालिकाकी उप प्रमुख एव राहत वितरण अनुगमन समिति संयोजक शुशिला चन्द सिहले बताउनुभएको छ । ‘हामीले राहत वितरण गरिएका सबै वडाहरुमा स्थलगत अनुगमन गरे, त्यौ दौरानमा सम्पन्नहरुपनि राहतका लागि आए, ‘उनले भनिन, ‘सरकारबाट आएको राहत हामीले पनि पाउँनुपर्छ भन्ने मान्यता राखेर आएका थिए, हामीले सम्झाई बुझाई गरे ।’ समाजिक दुरी, मापदण्ड अनुरुप र न्यायिक हिसाबले राहत वितरण गरिएको पाईएको संयोजक सिहले बताईन् ।
‘हाम्रो भीमदत्त नगरपालिकामा राहत वितरणमा कुनैपनि फोटो सेसन भएन, ‘उनले भनिन, ‘राहत पनि सम्मानजनक रुपमा वितरण गरेको पाईयो ।’ भीमदत्त नगरमा राहत वितरणमा प्रचारबाजी भन्दा पनि वास्तविक पीडितलाई राहत वितरण गरिएको उनले बताईन् । छोटो अवधिका लागि लकडाउन अनुमान गरेर राहत वितरण एव खरिद प्रकृयामा केही समस्या भएपनि पहिलो चरणमा राहत वितरणबाट भएका कमिकमजोरी सच्याईने उनले बताए । भीमदत्त नगरपालिका न्याय समिति सदस्य एव राहत वितरण अनुगमन समिति सदस्य सन्तोषी साउद ऐरले राहत पाएकाहरुले थुप्रै गुनासा, सुझाव दिएको बताईन् । उनका अनुसार राहतको खरिद लगायतका विभिन्न प्रकृयामा गुनासा आएका छन् । राहतको परिमाण बृद्धि गरिनुपर्ने, अवधि अनुरुप राखेर राहत वितरण र ढिला गरि राहत पाएको गुनासो पाईएको बताईन् । ‘केहीले राहत नपाएको गुनासो समेत हामीसंग राखेका छन, ‘उनले भनिन, ‘त्यसबारे समेत हामी समिक्षा र अध्ययन गछौँ,भावि दिनमा राहत वितरण प्रकृयालाई पुरस्कृत बनाउन हामी नगरपालिकालाई लिखित सुझाव दिन्छौँ ।’ राहत वितरण प्रणालीलाई समेत थप व्यवस्थित बनाउनका लागि सुझाव दिईने उनले बताए । लकडाउन कतिसम्म रहने भन्ने विषयलाई मध्यनजर गर्दै वास्तविक पाउनुपर्ने विपन्न एव मजदुर परिवारलाई नछुट्ने र नपाउने छुट्ने हिसाबले खाका तयार पार्न समेत समितिले सुझाव दिने उनले बताईन् ।
वास्तवमै केहीलाई राहत आवश्वक नभईनहुने भएपनि केहीहरु अनावश्यक रुपमा राहतका लागि जोडबल गर्दा समस्या भईरहेको समेत पार्ईएको बताईन् ।
जानकारी एव समाजिक अगुवाहरुले राहतलाई उच्च रुपमा व्यवस्थित एव उत्पादनसग जोड्दै अघि बढाउनुपर्नेमा सुझाव दिएका छन् । राहत थोरैका लागि भएपनि यसले केहीलाई परनिर्भताको विकास गराउने भएकाले राहतसंगै उत्पादनमुखी बनाउनुपर्नेमा जोडदिएका छन् । भीमदत्त नगरपालिकाले महामारीसंग सामना गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्नुहुने महानुभावप्रति आभार प्रकट गर्दै आएको छ । लकडाउन प्रभावकारी बनाउन समेत भीमदत्त नगरपालिका नगर प्रमुख मेयर सुरेन्द्र विष्टले पटक पटक अनुरोध गर्दै आएका छन् । अहिलेको समय मानव सभ्यतालाई कसरी बचाउने भएकाले त्यसतर्फ सबैले ध्यान केन्द्रीत गर्नुपर्ने उनको आग्रह छ ।