भारतीय क्वारेन्टाइनमा नेपालीको पिडा: भन्छन् -हामी नेपाली होकि होईन, हाम्रो सरकार छ कि छैन?(तस्वीर/भिडियो)

भारतीय क्वारेन्टाइनमा नेपालीको पिडा: भन्छन् -हामी नेपाली होकि होईन, हाम्रो सरकार छ कि छैन?(तस्वीर/भिडियो)

  • बिहिबार, बैशाख २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

बैशाख २५ कन्चनपुर । हाम्रो सरकार छ कि छैन , हामी जनता हो कि हैन ? सिमाना पारी महिनौदेखि आफ्नो मातृभूमि घर फर्कन खोजीरहेका नेपाली विभिन्न क्वारेन्टाईनमा बसेकाहरुले यस्तो प्रश्न सहितको भिडियो सन्देश पठाएका छन् । नेपालगञ्ज जमुनाहा नाकाबाट छिर्नै लागेका उनीहरु लकडाउन र नाकाबन्दका कारण फर्काईएर भारतकै क्वारेन्टाईनमा राखिएका छन् ।
कन्चनपुर, बाके, गुल्मी, सल्यान, दाङ लगायतका जिल्लाबाट रोजगारी गर्न पुगेका नेपालीहरुले त्यस भिडियोमा सरकारलाई प्रश्न गरेका छन् , भारतीयहरु धमाधम सामान बोकेर गएर ब्यापार गरीरहेका छन्, नाका नेपालीलाई मात्र सिल हो कि भारतीयलाई पनि ?


उनीहरुले भोट हाल्ने बेला नमस्कार गर्दै आउनेले अहिले किन जनतालाई वास्ता नगरेको भन्दै प्रचण्ड र वलीलाई प्रधानमन्त्री पनि जनताले नै बनाएको र जनतालाई दुखः दिनेलाई जनताले नै जुत्ता हान्ने दिन आउने पनि चेतावनी दिएका छन् ।
त्याहाँ ७४ बर्षे बुद्धाले समेत सरकारलाई जनतालाई घर लाने आँट छ कि छैन भनेर प्रश्न गरेको देखिन्छ ।
त्यसै गरी उनीहरले अरु देशले आफ्नो देशको नागरिक खोजी खोजी लगेको भन्दै देशको ढोकामै पुगेकालाई समेत लाठी हानेर फर्काएको हो ? भनेर प्रश्न गरेका छन् ।
यति सम्म कि त्यहाँ क्वारेन्टाईन भनेर राखिएका २ वटा कोठामा ६५ जना नेपाली राखिएका छन् । जसमा ३० देखि ३५ जना सम्म १५ बाई २० को कोठामा बस्न बाध्य छन् ।
यसमा उनीहरुलाई बस्न र सुत्न पनि हिरासतमा जस्तै गाह्रो भएको छ । उनीहरुलाई खान समेत दिनमा एक पटक मात्र दिईएको छ ।
अझ उनीहरुले पीडा व्यक्त गरेका छन् कि भारतीय कर्मचारीहरुले भारत सरकारले ल्याएको हैन , कति दिन पाल्ने ? तिमीहरुको सरकारले वास्ता गर्दैन भनेर हेप्ने गरेको समेत ग्ुनासो गरेका छन् ।


रोजीरोटीका लागि भारतको विभिन्न शहर र गल्लीहरुमा पुगेर दुखः पाएका नेपालीहरुको आवाज कसले सुन्ने , कहिले पूरा गर्ने उनीहरुकोको स्वदेश फर्कने चाहना ?
नेपालमा आएर क्वारेन्टाईनमा बस्न तयार रहेको बरु मरे पनि देशमै मर्न तयार रहेको सन्देश पनि उनीहरुले दिएका छन् ।
सरकारले भारतभर रहेका र खाडीमा रहेका नागरिकहरुलाई ल्याउने बिषयमा अझै निर्णय नगर्दा उनीहरु थप जोखिममा परीरहेका छन् ।
जमुनाहा नाका पारी बहराईचमा बसेका ६५ नेपालीहरुमा विष्णु, नेत्र, गोपाल नवीन लगायतका नाम गरेकाहरु रहेका छन् ।


भिडियो हेर्नुहोस्ः नेपालीहरुले सरकार र जनप्रतिनिधिका नाममा आफ्नो पीडा यसरी पोखेका छन्ः

उता, दिल्लीस्थित नेपाली दूतावासले भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन गुहारेका छन् । तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै रोक्ने रणनीति अख्तियार गरेको छ । लकडाउन पूर्ण पालना गर्नुपर्ने, भारतबाट फर्किने अवस्था सिर्जना नगर्न र सीमामा आएकाहरूलाई पनि उतै रोक्न सरकारको निर्देशन छ ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरतराज रेग्मीले महाराष्ट्र, गुजरात, राजस्थान र पन्जाबमा रहेका श्रमिक अझ धेरै समस्यामा रहेको रिपोर्ट आएको बताए । दूतावासका दुई हटलाइनबाट प्राप्त गुनासाका आधारमा करिब ५० हजार नेपाली तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेको आकलन गरिएको छ । दूतावासले ‘भारतमा रहेका नेपालीलाई अब रोक्न नसकिने’ भन्दै उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउने व्यवस्था गर्नुपर्ने सुझाबसहितको रिपोर्टिङ आइतबार परराष्ट्र मन्त्रालयलाई पनि गराइसकेको छ ।

दूतावास सरकारको निर्देशनको प्रतीक्षामा छ । तर, परराष्ट्रले अहिलेसम्म कुनै रेस्पोन्स नगरेको स्रोतले जनाएको छ । भारतमा अत्यन्त संकटमा परेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्कन सहजीकरण गर्नुपर्ने निष्कर्षमा दूतावास पुगेको छ । राजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग यसबारे समन्वय गर्ने जानकारी दूतावासका अधिकारीलाई गराएका छन् । यसअघि दूतावासले नेपाली बसोवास गरेका भारतीय राज्यलाई पत्र लेख्दै तत्कालीन समस्या समाधान गरिदिन आग्रह गरेको थियो ।

नयाँदिल्लीमा कोरोना संक्रमणका कारण सोमबार बाग्लुङ घर भएका एक नेपालीको मृत्यु भएको छ । यसअघि शनिबार गुजरातमा बस्ने सुर्खेत घर भएका एकै परिवारका चार सदस्यले आत्महत्या गरेका थिए ।
अहिलेको संकट सामना गर्न नसकेर उनीहरूले आत्महत्या गरेको अनुमान गरेपनि यसबारे दिल्लीस्थित नेपाली दूतावासले आधिकारीक कारणको खोजी गरिरहेको जनाएको छ । त्यस्तै, पाँच दिनअघि दिल्लीनजिकैको गुरुग्राममा एक नेपाली महिलाले पनि आत्महत्या गरेकी थिइन् । दूतावासका उपनियोग प्रमुख भरतराज रेग्मीका अनुसार गुजरातमा आत्महत्या गरेका नेपालीका विषयमा विस्तृत विवरण संकलन भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी