बैशाख २५ एजेन्सी । कोरोना संकट पछि अझ अमेरीकासगँको सम्बन्ध चिसो बनिरहेका बेला चीनले उसगँ दक्षीणी चीनीया सागरका बिषयमा हुन सक्ने संभावित युद्धको तयारी स्वरुप सुरुङाम आणविक हतियार र क्षेप्यास्त्र प्रहार गर्न सक्ने पनडुब्बी र युद्धपोत राखेको फोब्र्सले दाबी गरेको छ ।
फोब्र्सको रिपोर्ट अनुसार पछिल्लो समय यस सागरमा चीनीया र अमेरीकी युद्धपोत आमने सामने भईरहेका छन् । दुबै देशले युद्धक विमान र जहाजहरुको गस्ती तीव्र पारेका छन् ।
९ हजार माईल सम्म फैलिएको यस तटीय ईलाकामा चीनले थुप्रै नौसैनिक अड्डा बनाएको रिपोर्टमा उल्लेख छ ।
भयंकर सुरुङ बनाएर त्यसमा ब्याकअपको रुपमा सबमरिन र युद्धपोत राखिएको । यो राख्नुका कारण बाहीरी सैन्य अखडाहरु अमेरीकाले अचानक हमला गरेर ध्वस्त बनायो भने पनि त्यसलाई ब्याकअप फोर्सबाट तहसनहस पार्ने र उल्ट्याउने रणनीतिका साथ यो सुरुङ बनाईको रिपोर्टको दाबी छ ।
यस सुरुङ भित्र लामो समय युद्ध गर्न सक्ने र अमेरीका सहित हजारौ किलो मिटर टाढा सम्म मार गर्न सक्ने क्षेप्यास्त्रहरु तैनाथ गरिएको छ । साथै युद्धपोतहरुहरु यसमा तैनाथ गरिएका छन् ।
यसले मुख्य गरी हवाई आक्रमण र स्याटेलाईटको जासुसीबाट बच्न सक्ने बताईएको छ ।
बिशेषज्ञहरुले यो बंकर तहस नहस पार्ने मिसाईलका अगाडी कम महत्वको भए पनि हवाई आक्रमणबाट बच्न भने काम दिने बताएका छन् ।
यो सुरुङ चट्टानको बीचमा निर्मित छ । यो सुरुङ भन्दा माथि सडक बनार्ईएको छ । यस मध्य पनि दुई वटा सुरुङ बिशेष छन् , जसमा समुन्द्रबाट हमला गर्न सकिदैन ।
यस्ता सुरुङहरु पछिल्लो समय पाकिस्तान, ताईवान, स्वीडेन , ईरान , उत्तरकोरीया लगायतका देशहरुले पनि बनाईरहेका छन् ।