विराटनगर, बैशाख २५ । नेपालमा कोरोना संक्रमित निको हुने क्रम बढेको छ । बिराननगर कोशी कोशी अस्पतालमा उपचार गराईरहेका उदयपुरमा संक्रमित भएर आएका थप ८ जनाको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यससगैँ उनीहरुले कोरोना जीतेका छन् । जसमा चार जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन् ।
यस अघि हिजो ६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज भएका थिए । उनीहरुलाई रानी स्थित मदरसाको क्वारेन्टाईनमा राखिएको छ ।
उनीहरुलाई भोली बिहान १० बजे डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ । डिस्चार्ज पछि उनीहरुलाई थप दुई साता क्वारेन्टाईनमा राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल २५ जना संक्रमितको उपचार भईरहेकामा ८ जना डिस्चार्ज भए पछि कोशीमा १७ जना बाकीँ रहनेछन् ।
देशभर कोरोना संक्रमित ९९ जना मध्य २२ जना निको भईसकेका छन् । भोली उनीहरु डिस्चार्ज भए पछि यो संख्या ३० पुग्ने छ ।
उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आए लगत्तै डिस्चार्जको तयारी भएको हो ।