शसस्त्र प्रहरीमाथि सिमानामा भारतीयहरुद्धारा ढुंगामुडा प्रहार, प्रहरीद्धारा हवाई फायर

शसस्त्र प्रहरीमाथि सिमानामा भारतीयहरुद्धारा ढुंगामुडा प्रहार, प्रहरीद्धारा हवाई फायर

  • बिहिबार, बैशाख २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

बैशाख २५ बारा । बाराको कबहीगोठ स्थित नेपाल–भारत सीमानामा भारतीय नागरिकले नेपालको सिमानामा रहेको सशस्त्र प्रहरीको चेकपोईन्टमा ढुंगामुडा प्रहार गरेका छन् । केही दिन अघि बारमै भारतीय एसएसबी र मान्छेहरुको समुहले खेतमा काम गर्न गएका नेपाली किशान र गाँउलेमाथि आक्रमण गरेका थिए । त्यस पछि भारतीय समुहको भीडलाई तितर वितर बनाउन शसस्त्र प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायर गरेको छ । उनीहरु दुई वटा गाडीमा नेपाल प्रवेश गर्न खोज्दा नपाए पछि आक्रमणमा उत्रिए पछि बाध्य भएर हवाई फायर गर्नु परेको शसस्त्रले जनाएको छ ।
चैत १८ यता सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिरहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार जारी राखिएको छ ।

आउजाउमा रोक लगाउँदा भारतीय भूमिबाट आएको भीडले प्रहरीका हतियार नै खोस्नेसम्मका गतिविधि गरेका छन् । कतिपय चेकप्वाइन्टमा सीमापारिबाट रातको समयमा सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगा प्रहार हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
सिमानामा नेपालको सुरक्षाकर्मीमाथि नै आक्रमण भईरहे पनि सरकारले आधिकारीक रुपमा भारतसरकारसगँ कुरा गरेको छैन ।
सिमा क्षेत्रमा अतिक्रमण, ज्यादती भारतीय पक्षबाट लामो समयदेखि कायम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ