व्यवस्तता र शारीरीक कारणले अध्यक्ष ओलीले बैठक छाड्नु भयोः श्रेष्ठ

व्यवस्तता र शारीरीक कारणले अध्यक्ष ओलीले बैठक छाड्नु भयोः श्रेष्ठ

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बैशाख २४ काठमाण्डौं । नेकपाको पूर्व निर्धारीत सचिवालयको बैठक जारी थियो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा । त्यसको मुख्य अध्यक्षता प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको थियो । यस अघि अरु सचिवालय सदस्य जस्तै लाइृनमा राखिने अर्का अध्यक्ष प्रचण्ड २० गतेदेखि मात्रै अध्यक्ष ओलीसगँ एउटै रोमा बस्न थालेका थिए ।
२० गतेको सचिवालयको बैठक सम्म आउदा अध्यादेश लगायतका बिषयले चरम विवादमा फसेको नेकपाको अन्तरविरोध केही समयलाई समाधान भएको ठानिएको थियो ।
तर वरिष्ठ नेता माधव कुमार नेपालले शुरु देखि नै राख्दै आएको एक व्यक्ति एक पदको अडानमा ९ जना सचिवालय सदस्य मध्य धेरै जसो त्यही पक्षमा उभिएर चर्काचर्की गर्न थाले पछि प्रधानमन्त्री ओली बैठकलै छाडेर हिडेका थिए ।
उनी पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद तत्काल छाड्ुने मनशायमा नरहेको नेताहरुको बुझाई छ ।
यसअघि बैठकमै राजीनामा मागेका नेताहरुले आज एक व्यक्ति पद अन्तर्गत हुनु पर्ने अडान राखे पछि भोली बस्ने स्थायी समितिको बैठक नै अन्यौलमा पार्ने गरी नेताहरु उठेका छन् ।
त्यस पछि ओली र प्रचण्डले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै जानकारी दिए पछि अरु घर फर्किएका छन् भने ओली र प्रचण्डले बालुवाटारमा छलफल गरीरहेका छन् ।
बैठक पछि पत्रकारहरुलाई प्रतिकृया दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलीको बैठकको एजेण्डा वा बैठक नै के गर्ने भन्ने बिषयमा दुई अध्यक्षले गृहकार्य गरे पछि तय हुने सञ्चारकर्मीलाई प्रतिकृया दिए ।
उनले अध्यक्ष ओलीले बैठक छाडेर हिडेको बिषयमा जिज्ञासा राख्दा केही शारीरीक र केही व्यवस्तताको कारणले हिडेको दाबी गरे ।
यसले नेकपा भित्रको अन्तरविरोध अझै समाधान नभईसकेको स्पष्ट देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ