बैशाख २४ काठमाण्डौं । केही दिन अघि पार्टी भित्रको विवाद मत्थर भएको र प्रधानमन्त्री ओलीको राजीनामा जस्ता कुराले उनीमाथि संकट टरेको भनिएको थियो ।
आज नेकपा सचिवालयको बैठकमा एक व्यक्ति एक पदको माधव कुमार नेपालले राख्दै आएको पुरानो अडानमा बहुमत नेताहरु उभिएर चर्का चर्की बहस हुन थाले पछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली आफै बैठक छाडेर हिडेको स्रोतको दाबी छ ।
भोली बस्ने स्थायी समितिको बैठकमा पेश गर्ने एजेन्डा, कार्यविभाजन आदि बिषयमा आज गृहकार्यका लागि यो बैठक राखिएको थियो । तर अध्यक्ष नै उठे पछि अरु नेता अल्मलिएको बताईएको छ ।
अन्य नेताले एक व्यक्ति एक पदको अडान राखेपछि प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष या प्रधानमन्त्री छाड्नु पर्ने हुन्छ । जुन कुराको बिपक्षमा ओली रहेका छन् ।
नेकपा निकट एक नेताले यो स्थिति हेर्दा प्रधानमन्त्री ओलीमाथिको संकट टरेको नभई केही समयलाई सरेको जस्तो मात्र देखियो ती नेताले भने ।