कन्चनपुर बैशाख , २४ । विश्वभरी नोभल कोरोना भाईरस९कोडिभ १९० को संक्रमण बढेको छ । कोरोना भाईरसबाट बाँच्न एव रोकथाम नियन्त्रणका लगि थुप्रै अथक प्रयास भईरहेका छन् । नेपालमा पनि सरकारले रोकोना भाईरस भित्रिन नदिन लकडाउन लगायतका उपचारका प्रयास थालेको छ ।
भने, आम नागरिक कोरोबाट बाँच्नका लागि सेल्फ क्वारेन्टाईनमा बसेका छन्, तर कञ्चनपुरमा भने केही नागरिक स्तरबाटै लकडाउनको मौकाछोपी गैर कानुनी काम मात्र नभई मानवता बिरोधी गतिबिधी गर्न उद्यत रहेका छन् । संसारमा नयाँ नयाँ रोगको उदय प्रकृति विनासका कारण पनि हो, यही प्रकृति रहे मानिसको अस्थित्व रहने विषय फिटिक्कै बिर्सेर केही व्यक्ति लकडाउन भएयता प्रकृति दोहन तर्फ उद्यत भएका छन् ।

वन्यजन्तु, वन र सरकारी जमिनमाथि उनीहरुले गिद्दे नगर लगाएका छन् । हुनत जिम्मेबार व्यक्तिबाटै यस्ता प्रकृति बिरोधी गतिबिधि भएका छन् । लकडाउन यता निरन्तर कञ्चनपुरमा वन, वन्यजन्तु र सरकारी जमिनमाथि प्रहार भईरहेको छ । लकडाउनको मौकाछोपी काठ तस्करले सालका रुख, शिकारीले वन्यजन्तु र भूमाफियाले सरकारी सार्वजनिक जमिनमा नजर लगाएका छन् । वन्यजन्तु, वन तस्करी र सार्वजनिक जमिन संरक्षणका लागि डिभिवन वन कार्यालय सहित सुरक्षा निकाय एव संरक्षणकर्मीबाट प्रयास भएपनि तस्कर, शिकारी र भूमाफियाले सरकारी निकाय छल्दै प्रकृति दोहन तर्फ उन्मुख भएका छन् । संघीय सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० चैत्रदेखि सीमानाका बन्द सहित लकडाउन गरेपनि कञ्चनपुरमा स्थानीय प्रशासनले एक दिन अवागै ९ चैत्रदेखि नै सीमा बन्द गरेको थियो ।
१० चैत्रदेखि २० बैशाख अर्थात ४० दिनको अवधिमा ५हेक्टर जमिन
अतिक्रमणदेखि एक बदेल मारिएको छ । भने दर्जनौँ सालका रुख काटिएका छन् । बैशाख दोस्रो साता भू माफियाले सरकारी जमिन कब्जा गर्ने उदेश्यले कृष्णपुर नगरपालिका ४बैलकुण्डी शिबिरमा ५ विगाह जमिन खनखोत गरेका छन् । डिभिजवन वन कार्यालय कञ्चनपुरको तथ्याङ्ग अनुसार लकडाउनकै दिन १०चैत्रमा मोटरसाईकलमा सालका गोलीया तस्करी गरिरहेकै अवस्थामा पुर्नवास नगरपालिका ११का दुई युवक सुरेश तामाङ्ग र विजय तामाङ्ग एक चौखट सहित पक्राउ गरे ।
त्यसको तेस्रो दिन १३चैत्रमा काँग्रेस बेदकोट नगर सभापति समेत रहेका दरुण दलका नेता सिके भनिने चन्द्रकान्त भट्ट सहित तीन जना बेदकोट नपा १० चम्फापुर मध्यवर्ती आवादी क्षेत्रमा रुख काट्ने क्रममा बहादुर डगौरा, करन पन्त र हर्क नेपाली पक्राउ परे
। त्यसको भोलिपल्ट १४बैशाखमा बेलौरी नगरपालिका नगरपालिका ५ को अमरस्मृति सामुदायिक वनबाट पदवारी रानाले बदेल मारेको आरोपमा पक्राउ परे ।

१८चैत्रमा शुक्लाफाँटा नपा ८ भम्केधाराबाट एक सालको चौखट चार फ्रेम तस्करी गर्ने सोही वडाका तेज बहादुर ऐरलाई वडाध्यक्ष बहादुर सिह महरा नेतृत्वको टिमले पक्राउ गरि वनलाई बुझायो । २१ चैत्रमा पुर्नवास नपा ९ जनजागरण सामुदायिक वनबाट काटेर ल्याएका पुर्नवास नपा ९ का लाल ब। थापाको घरबाट चार थान सालका गोलिया बरामद गरियो । पुर्नवासबाट सालका गोलिया बरामद गरेको भोलिपल्टै शुक्लाफाँटा नगरपालिका १२ दुवाह बसन्तपुरको जनजागरण सामुदायिक वनबाट ल्याएका तेज भण्डारी र जयलाल ढुङ्गाको घरबाट पाँच गोलिया बरामद गरियो ।
३ बैशाखमा कृष्णपुर नपा ४ को नमुना सामुदायिक वनमा शिकार खेल्न आएका कैलाली गोदाबरी नपा ११ कालिनका ८५ बर्षिया मोहन ब। साउद भरुवा बन्दुक सहित पक्राउ परे । हाल उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हातहतियार खरखजना अन्र्तरगत मुद्दा चलाएको छ । सोही दित ३बैशाखमै लालझाँडी गाउँपालिका ४ देखतभूतीमा एक थान आरा सालको गोलिया र बयलगाडा नियन्त्रणमा लिईयो । बेदकोट नगरपालिका ३ बाट ९थान सालका गोलिया बरामद गरियो । ५ बैशाखमा लालझाडी गाउँपालिका ४ को जय दुर्गो सामुदायिक वनबाट वनका पदाधिकारी, कर्मचारीको संयुक्त टोलीले चार बयलगाडामा लोड गरेर राखेको अवस्थामा ८४।६५ क्युफिट सालका ४थान गोलिया बरामद ग¥यो । सोही दिन भारतको दुधुवा नेशनल पार्कबाट शिकारीको गोली लागेर घाईते अवस्थामा पुनर्वास नगरपालिका ११ डोकेबजार पुगेका बदेल म¥यो ।
२१ बैशाखमा वनको टोलीले कृष्णपुर नगरपालिका ४ बैलकुण्डीका नरेश बोहराको घरबाट सालका गोलिया सहित चिरान गरिएका चौखट बरामद गरिएका छन् । २९।२५क्युफिट चिरान र ७६।७५सालका गोलिया सहित कुल १०५।७५क्युफिट काठ बरामद गरिएको छ । यस विचमा स्थानीयबाट संरक्षणको काममा राम्रो पहल समेत भएको छ । बेलौरी नगरपालिका क्षेत्रका गाउँमा पसेका दुई वन्यजन्तु ९चित्तल० र भीमदत्त नगरपालिका तिलपुर गाउँ पसेको एक चित्तलको उद्दार गरि वनमा छाडिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले कोरनाको मौकाछोपी वन र वन्यजन्तुमाथी तस्करले गिद्दे नजर लगाएको विषय विश्लेषण गरेर वनले समेत त्यही अनुरुप सुरक्षा रणनीतिक अबलम्बन गरेको बताए ।
‘हामीले सबै वन कार्यालय सामुदायिक वनसंग नजिकको सुरक्षा निकायसंग समन्वय गरेर वन क्षेत्रमा गस्ती बढाउन र निगरानी बढाउन निर्देशन जारी गरेका छौँ, ‘सुचना अधिकारी अवस्थीले भने, ‘त्यही अनुरुप खटिएकै कारण आज केही तस्कर रंगेहात नियन्त्रणमा केही तस्करले लगेको काठ बरामद गर्न सफल भएका छौँ ।’ डिभिजन वन कार्यालयले काठ र वन्यजन्तु तस्कर गर्ने जुनसुकै गिहोरलाई समेत कानुनी दायरमा ल्याएरै छाड्ने बताए । कोरनाका कारण नियन्त्रणमा आएका काड र वन्यजन्तु तस्करलाई लकडाउन खुलेको भोलिपल्टै सम्पर्कमा आउँने सर्तमा वडाध्यक्षको रहोबरामा छाडिएको उनले बताए । शुक्लाफाँटा राष्ट्रिय वन्यजन्तु निकुञ्जमा समेत चोरी तस्करी गर्ने गएका तीन सय भन्दा बढिलाई नियन्त्रणमा लिएर कार्बाही गरिएको छ । निकुञ्ज स्रोतका अनुसार गैर कानुनी रुपमा निकुञ्ज प्रवेस गरेर काठ दाउरा काट्ने, माछा मार्ने लगायतका व्यक्ति समुह नियन्त्रणमा लिएर कार्बाही गरिएको छ । काँग्रेस नेता भट्ट सहितका तीन जनालाई बेदकोट नगरपालिका १० का काँग्रेस नेता भट्ट सहितका तीन जनालाई बेदकोट नगरपालिका १०चतहरी क्षेत्रबाट रुख काटिरहेको अवस्थामा पक्राउ पनि निकुञ्ज प्रशासनले गरेको थियो ।
केही दिन अघि लकडाउनको मौकाछोपी काठ र वन्यजन्तु तस्करी हुने भन्दै सामुदायिक वन उपभोक्त महासंघ बेदकोट नगरका अध्यक्ष राजुराम सार्कीले प्रेस विज्ञप्ती जारी गरेर सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीलाई सचेत गराएका थिए । पृथ्वीका मानव जातिको नरसंहार गर्ने महामारी कोरना भाईरसको मौकाछोपी प्रकृतिमाथी धावा बोल्दै प्रकृतिको नास गर्ने जो जुनसुकै व्यक्ति समुह मानव बिरोधी तत्व भएकाले उनीहरुलाई हदैसम्मको कार्बाहीको संरक्षणकर्मीले माग अघि सारेका छन् । हरियाली सामुदायिक वनका पुर्व अध्यक्ष दिल ब। देउवाले राष्ट्र नै विपद्मा परेका बेला काठ तस्कर, वन दोहन गर्नेमाथी वन ऐन अनुरुप हदैसम्मको कार्बाहीको माग अघि सारेका छन् । देउवाले लकडाउनमा बेला वनका कर्मचारी, पदाधिकारी, बन हेरालुलाई उच्च स्तरको स्वाथ्य व्यवस्था प्रबन्ध गरेर नियमित अनुगमन आवश्यक रहेको बताए । ‘जो जो व्यक्ति पार्टीका जिम्मेबार छन, उनीहरु अहिले रुख काटनी तस्करीमा पक्राउ परेको सुन्नमा आएको छ, ‘यस्तो संकटको घडीमा प्रकृति दोहन गर्नेहरुलाई पार्टी र सरकार दुवैले कार्बाही गर्नुपर्छ ।’
वन र वन्यजस्तु तस्करीमा संलग्न जनताका दुस्मन मात्र नभई विश्व मानव समुदायका बिरोधी तत्व भएकाले उनीहरुमाथी हदैसम्मको कार्बाही नभए उपभोक्ताहरुले सचेत चेतावनी दिएका छन् । काठ तस्करी गर्नेप्रति कञ्चनपुरका आम नागरिकले समेत कार्य घृणित मात्र नभई मानवता बिरोधी कार्य भएको टिप्पणी गरेका छन् ।
प्रकृति नासकै कारण आज विश्वले कोरना भाईरस लगाउयतका विपद्को सामना गर्नुपरेको चित्रण गर्दै अझैपनि प्रकृति नासगर्ने जुनसुकै व्यक्ति समुह भएपनि घटनाको यथार्थ छानबिन गर्न अनुरोध गरेका छन् । स्थानीयले समेत महामारीका बेला वन, वन्यजन्तु र सार्वजनिक जमिनमाथि धावा बोल्ने समुह व्यक्तिमाथि कार्बाहीको माग अघि सारेका छन् ।