आज नेकपा सचिवालय बैठक बस्दै, स्थायी कमिटी बैठकका एजेण्डालाई अन्तिम रुप दिने

आज नेकपा सचिवालय बैठक बस्दै, स्थायी कमिटी बैठकका एजेण्डालाई अन्तिम रुप दिने

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

वैशाख २४, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । स्थायी कमिटी बैठकअघि आज सचिवालयको बैठक बस्न लागेको हो ।

आजको बैठकले स्थायी कमिटी बैठकका एजेण्डालाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । गत शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने जिम्मा दिएको थियो ।

सोमबार र मंगलवार भएका छलफलमा बैठकका एजेण्डाबारे दुई अध्यक्षबीच सहमति नभएपछि दाहाल र अर्का नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले छुट्टै भेलासमेत गरेका छन् ।

भेलाले भोली बस्ने स्थायी कमिटी बैठकमा एक ढिक्का भए प्रस्तुत हुने रणनीति बनाएको छ । आफूहरुले पत्र लेखेर बोलाएको बैठकमा सबै विषयमा खुलेर छलफल हुनुपर्ने अडानमा रहेको भेलामा सहभागी नेताहरुले बताएका छन् ।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेल अनुसार सरकारले गरेको विवादित कामबारे उठेका मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कैयौ प्रश्नको जवाफ खोज्ने रणनीति पनि तय भएको छ ।
असन्तुष्ट पक्षले सरकारले गरेका विवादित कामबारे उठेको मुद्दामा प्रधानमन्त्री ओलीमाथि कयौं प्रश्नको जवाफ खोज्ने रणनीति तय गरेको छ ।

विवादास्पद दुई अध्यादेश प्रकरणपछि पार्टी विभाजनको खतरा रहेको भन्दै २० जना स्थायी कमिटी सदस्यले पत्र लेखेर स्थायी कमिटी बैठकको माग गरेका थिए ।

अध्यक्ष दाहाल र नेता नेपाल पक्षका ती नेताले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै यही वैशाख १० इमेलमार्फत अध्यक्ष ओलीलाई पत्राचार गरेका थिए । खासगरी अध्यादेश प्रकरण र सरकारका कामकारबाहीबारे प्रधानमन्त्रीबाट चित्त बुझ्दो जवाफ आएन भने त्यसपछि कसरी प्रस्तुत हुने भन्नेबारे पनि छलफल भएको उहाँले बताउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ