आज मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन थप्नेबारे निर्णय हुने

आज मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन थप्नेबारे निर्णय हुने

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

वैशाख २४, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठकले कोरोना नियन्त्रणका लागि जारी लकडाउनका विषयमा थप निर्णय गर्ने बताइएको छ ।

पछिल्लो पटक लम्ब्याइएको लकडाउनको समय भोलि सकिन लागेकाले फेरि लकडाउन बढाउने वा नयाँ मोडालिटी अपनाएर सुरक्षित रुपमा जजनीवन सहज बनाउने भन्ने बारेमा आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको हो ।

यसअघि मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरिय समन्वय समिति बैठकले पनि सरकारलाई लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकालेको थियो ।

विश्व महामारीका रूपमा फैलिएको कोरोनाबाट नेपालमा हालसम्म ८२ जना संक्रमित भएका छन् । जसमध्ये १६ जना उपचारपछि निको भएका छन् ।

चैत ११ गतेदेखि सुरु भएको लकडाउन वैशाख २५ गते सकिँदै छ । सरकारले फेरि लकडाउन थप गर्ने वा यसको मोडालिटी परिवर्तन गर्ने भन्ने विषयमा लामो समयदेखि छलफल गर्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ