लकडाउन तत्काल नखुल्ने, उच्चस्तरीय समितिले भन्यो– ‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ’

लकडाउन तत्काल नखुल्ने, उच्चस्तरीय समितिले भन्यो– ‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ’

  • मङ्लबार, बैशाख २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

वैशाख २३, काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्न सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।
संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको पनि उहाँले बताउनु भयो । कति दिन लकडाउन थप्ने भन्नेबारे बुधवार बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने छ ।
बैठकपछि सचिव बिडारीले भन्नुभयो, ’ लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ । लकडाउन निरन्तर हुन्छ।’
अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको जानकारी दिदैँ उहाँले कृषि क्षेत्रका कामलाई सामाजिक दुरी कायम गरी सन्चालन गर्ने पनि निर्णय गरेको छ ।
उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रका कामलाई सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिने र तिनलाई स्वभाविक ढंगले अगाडि बढाउने,संक्रमणलाई रोक्ने र शून्यमा झार्ने तर्फ भएसम्मका सबै प्रयास जारी राख्ने निर्णय भएको छ ।
उहाँले थप्नुभयो, ‘हाम्रो मुलुकमा रोग र संक्रमणका कारण मृत्युवरण गर्ने अवस्था नआओस् भन्ने विषयमा समिति गम्भीर छ।’
चैत ११ गतेदेखि सुरु भएको लकडाउन वैशाख २५ गते सकिँदै छ । सरकारले फेरि लकडाउन थप गर्ने वा यसको मोडालिटी परिवर्तन गर्ने भन्ने विषयमा लामो समयदेखि छलफल गर्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ