वीरगन्ज बैशाख २३ । विश्वब्यापी फैलिएको कोरोना भईरसको जोखिम चौतर्फी रुपमा ब्याप्त रहेको बेला कोरोना अस्पतालमा रुपान्तरित नारायणी अस्पताललाई साबिक सरह आम उपचारमा ल्याउन माग गदै पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदिप यादवले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएका छन् ।
आज साँसद उमाशंकर अगरियासंगै मन्लायल पुगेका साँसद यादवले बीरगन्ज क्षेत्रमा स्वास्थ्य सेवाको मुख्य आधार रहेको नारायणी अस्पताललाई कोरोना अस्पताल बनाइएपछि बिभिन्न समस्या सिर्जना भएको भन्दै सो कोरोना अस्पताल लाई तत्काल नारायणी अस्पतालको मुल भवनबाट हटाएर त्यहाँ साबिकको सबै स्वास्थ्य उपचार सेवा आम मानिसको लागि खुल्ला गर्न मा गरेका हुन् ।
‘ प्रदेश २ मा कोरोना उपचारको निम्ति ४ वटा अस्पताल रहेका छन, उपचारको लागि भने एकमात्र बीरगन्जको नारायणी अस्पताल प्रयोगमा छ । अस्थायी राजधानी जनकपुर सहित अन्यत्र तोकिएको कोरोना अस्पताल छ, तर उपचार सेवा छैन,’ स्वास्थ्यमन्त्री ढकाललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘देश को एक मुख्य शहर को रुपमा रहेको बीरगंजको नारायणी अस्पताल अहिले प्रदेश कै कोरोना संक्रमितहरुको उपचारको चाप खपीरहेको छ ।
नारायणी अस्पतालमा आउने आम बिरामी अहिले बीरगन्जको उपचारको लागि अन्य निजी अस्पतालमा जादा अनुचित आर्थिक दोहनमा परिरहेको र गरिब तथा बिपन्नको लागि स्वास्थ्य सेवाको आधार लगभग बन्द भएको अवस्था रहेको भनी उनले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
एक, अस्पतालको मातहतमा सडकभन्दा पश्चिममा रहेको प्रशासनिक भवनभन्दा उत्तर अँखा बिभागको भवन कोविड उपचार केन्द्रको लागि प्रयोगमा ल्याउन सकिने विकल्प देखिएको वा दोस्रोमा पर्सा, बारा र रौतहटको बीचमा पर्ने तथा सर्लाहीसम्मको बिरामीको लागि तुलनात्मक रूपमा नजिक पर्ने र स्तरीय सडकमार्ग जोडिएको वीरगन्जभन्दा मात्र ११ किलोमिटर पुर्वमा रहेको सरकारद्वारा पुर्वघोषित ’कोरोना अस्पताल’मध्येको बारा जिल्लाको कलैया अस्पतालमा कोभिड–१९ को उपचार सेवा अबिलम्ब संचालनमा ल्याएर नारायणी अस्पताललाई साबिक सरह आम उपचारमा ल्याउन यादवले सुझावसहित माग उठाएका छन् ।
ज्ञापन पत्रः
