बैशाख २३ भरतपुर । प्रहरीले विप्लव नेतृत्वको नेकपाका केन्द्रीय समिति सदस्य तथा प्रशासन विभागका ईन्चार्ज अनील शर्मा बिरहीलाई अस्पतालबाटै गिराफ्तार गरेको छ ।
चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका शर्मालाई ाअज बिहान त्यहीबाट प्रहरीले पक्राउ गरेको हो ।
सुगर लगायत विभिन्न रोगले पीडित शर्मालाई उपचार गर्न समेत नदिई लगिएको पारीवारीक स्रोतले जनाएको छ ।
यस अघि गएराति ईलाम जिल्ला ईन्चार्ज पुष्प कोईराला सहित तीन जनालाई गिराफ्तार गरेको छ ।
इलामको माई नगरपालिका–९ बोरुङबाट गएराति कोईराला सहित अन्य दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा ताप्लेजुङ लिकुखोला घर भएका २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका , पासाङ तामाङ रहेका छन् ।
बासबसेकै ठाँउबाट उनीहरुलाई नियन्त्रणमा लिएर दानाबारी हुदै जिल्ला प्रहरी कार्यलयमा पुर्याईएको ईलाम प्रहरीले जनाएको छ ।