नाकाबाट ७२ जना भारतीय नेपाल छिरे, सशस्त्र प्रहरीले वास्ता नगरेको स्थानीयको गुनासो !

नाकाबाट ७२ जना भारतीय नेपाल छिरे, सशस्त्र प्रहरीले वास्ता नगरेको स्थानीयको गुनासो !

  • मङ्लबार, बैशाख २३, २०७७
  • दिपक चौरसिया

  • 17.2K
    SHARES

पर्सा, २३ बैशाख । सरकारले कोरोना भाइरस संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न लागु गरेको लकडाउनको पर्साको सिमावर्ती बजार भिस्वामा सशस्त्र प्रहरीले सामुने उल्लंघन भएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ भिस्वाका ७५ वर्षिय मोहर्रम गद्दीको मृत्युपछि सोमवार उनको ‘जनाजा’ ९शवयात्रा०मा नेपाल भारत गरी करिब ३ सय भन्दा बढी मुस्लिम समुदायहरुले सहभागिता रहेको थियो ।

भिस्वाबजार पछाडी रहेको कब्रिस्तानमा शव लैजाँदै गरेको अवस्थामा सयौं व्यक्तिहरुको सहभागिता भए पनि भिस्वा नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्ने वा सम्झाउने कुनै पहल गरेनन, र्दशक बनेर रमितादेखे । प्रहरीले यसमा रोकथाम गर्न चासो नदेखाएपछि स्थानियले जिल्ला प्रशासन कार्यालयमा फोन गरी भेलाबारे जानकारी गराएका थिए ।

सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरको निर्देशनमा पर्सा जिल्लाको ग्रामीण नाका भिस्वा हुँदै ७२ जना मुस्लिम समुदाय नेपाल भित्रिएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार पर्साको ग्रामीण नाकामा पर्ने भिस्वा नाका हुँदै मुस्लिम समुदाय नेपाल प्रवेश गरेका थिए ।

दाहसंस्कारमा सरिक भएका ७२ जना भारतीय मुस्लिम मध्ये करीब ५० जना फिर्ता भारत गएको र करीब २२ जनाको संख्यामा नेपाल भित्रै रहेको स्थानीयहरूले बताएका छन । विश्वभरी फैलिएको कोरोना भाइरसले नेपाल र भारतको सीमा पुर्ण रूपले बन्द गर्न सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालको निर्देशन भएपनी सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले खनालको आदेशलाइ कार्यन्वयन नगरेको गुनासो आएको स्रोतको दाबी छ ।

नेपाल लगायत विश्वभरी फैलिएको कोरोना भाइरसको प्रकोप बढेपनी नेपाली नागरिकको जिउधनको ख्यालै नगरी सशस्त्र प्रहरी उपरीक्षक कुवरले यस्तो तरिकाको निर्देशन दिनु सशस्त्र प्रहरी संगठनकै कार्य प्रती प्रश्न उठन थालेको छ ।

पर्सा जिल्लाको ग्रामिण नाकामा पर्ने भिस्वा नाका हुदै दाहसंस्कारका लागि नेपाल प्रवेश गरेका ७२ जना भारतीय मुस्लिम समुदायको जमघट हेरि स्थानीयले प्रमुख जिल्ला अधिकारी लगायत सीमाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरलाइ समेत खबर गरेपनी वास्ता नगरेको आरोप स्थानीयहरूले लगाएका छन ।

स्थानीयहरूले एउटा गर्भवती महिला घर फर्किदा सशस्त्र प्रहरीले रोक्छन तर मुस्लिम समुदायको ७२ जना नेपाल प्रवेश गर्दा सशस्त्र प्रहरीले छोडछन भन्दै दुखेसो पोखे ।

यता सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी राजु अर्यालले जिल्ला कमान्डर लगायत कसैले पनि उक्त बिषयमा जानकारी नगराएको बताउनु भयो । यस बिषयमा आफू बुझिरहेको र यस्तो तरिकाको कार्य गरेको प्रमानित भयो भने कारवाही समेत गर्नबाट पछि नहट्ने बताउनु भयो ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले सीमा सुरक्षा जिम्मेवारीको साथ साथै सीमामा हुने अबैध क्रियाकलापको समेत जिम्मेवारी सशस्त्र प्रहरी बलले लिएको बताउनु भयो । उनले यस बिषयमा छनबिन गर्ने र हालको समयमा यस्तो निर्देशन दिन नमिल्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ