कञ्चनपुर, २३ बैशाख । उत्तरी छिमेकी चीनको बुहान शहरबाट देखिएको कोरोना भाईरसले यतिबेला सिङ्गो विश्वलाई आतङकित पारेको छ । अहिलेसम्म कोही व्यक्ति, संघ संस्था एव देश केही बस्तु समुह, रोगबाट नडराएको भएपनि कोरोना भाईरसबाट समेत अछुता छैनन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्वका कैयन मुलुक युद्धस्तरमा खटिएका छन् । नेपालले पनि कोरोना जित्नका लागि लकडाउनदेखि सीमा सिलबन्दी पिसिआर, रेपिटटेष्ट, क्वारेन्टाईन लगायतका काम तिव्र रुपमा अघि बढाएको छ । नेपालको सबैभन्दा कान्छो सुप विश्वविद्यालय जसले सुन्ने वितिक्कै तालाबन्दी, हड्ताल एव आन्दोलन भएको होला भनेर सम्झिने अवस्था थियो । तर, कोरोना रोकथामका लागि सरकारले १० चैत्रदेखि गरेको लकडाउनमा विश्वविद्यालय बन्द भएपनि कोरोना पछ्याउनका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भूमिका निर्वाह गरिरहेको छ ।
सुप विश्वविद्यालयले आफ्ना ईन्जिनियरिङ्ग संकायका विद्यार्थीलाई खटाएर कोरोना टेष्टिङबुथ ९स्वाब संकलन० केन्द्र निर्माणका लागि खटाएको छ । विश्व विद्यालयले ईन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थी ९लोचन कार्की र बिरेन्द् बडाल०लाई प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पतालमा स्वाब संकलनका लागि केन्द्र निर्माणनमा खटाएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका ९मटैना घर भएका कार्की र दार्चुलाका बडाल दुवै जना सिभिल ईन्जिनियरिङ्ग पाचौँ सेमिष्टरमा अध्ययनरत छन् । उनीहरु दुवै जना स्वयमसेवि भएर स्वाब संकलन केन्द्र निर्माणमा जुटेका हुन् । कोरोना परिक्षण गर्न स्वास्थ्यकर्मीले बिरामीको रगत वा स्वाब संकलन गर्नुपर्छ, उनीहरुसंग प्रर्याप्त व्यक्तिगत सुरक्षा समाग्री ९पिपिई० नभएपनि स्वाब नमुना संकलन केन्द्र मार्फत सहज संकलन गर्न सक्छन् ।

ईन्जिनियर डा। महाबिर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले कोरोना कहर चलेको नेपालमा ४० दिनको अवधिमा सात स्वाब संकलन केन्द्र निर्माण गरेका छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका ईन्जिनियरिङ्ग संकायका विद्यार्थी लोचन कार्कीले स्वाब नमुना संकलनका लागि विश्वविद्यालयले राष्ट्रिय आविष्कार केन्दले निर्धारण गरेको मापदण्ड अनुसार केन्द्र निर्माणमा प्राविधिक सहयोग गरिरहेको बताए । ईन्जिनियरिङ्ग संकायका डिन किशनदेव भट्ट, विभागिय प्रमुख तोरण प्रशाद भट्ट सहित सुप विश्वविद्यालयले सम्बन्धीत निकायसंग समन्वय गरेर कोरोना टेष्टीङ्ग बुथ निर्माण गरिरहेको कार्कीले बताए ।
उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको महाकाली अस्पतालमा दुई स्वाब नमुना केन्द्र, दार्चुलाको खलङगा जिल्ला अस्पतालमा एक, कैलालीको लम्कीचुहा नगरअस्पतालमा एक, अछामको बयलपाटा अस्पतालमा एक, अछामकै मंगलसेन जिल्ला अस्पताल एक र बाजुराको मार्तडी जिल्ला अस्पतालमा एक कोरोना टेष्टिङ बुथ निर्माण गरिएको बताए । ‘बुद केन्द्रमा हामी डिजायन गछौँ, ‘उनले भने, ‘खर्च सम्बन्धीत अस्पताल, नगर एव जिल्लाले गर्नुपर्छ ।’
उनका अनुसार एल्मुनियम, एसिसी बोर्ड प्रयोग गरेर ७ फिट उचाई, बेस चारचार र ५ देखि ८ एमएम सिसा प्रयोग गरिन्छ । बुथकेन्द्रमा एक ढोका सहित दुई ईक्जिट फ्यान जडान गरिन्छ । ‘बुथ केन्द्र भित्र गएर स्वास्थ्यकर्मी एव चिकित्सकले स्वाब नमुना सुरक्षित रुपमा संकलन गर्न सक्छन, ‘उनले भने, ‘यो विधिबाट स्वास्थ्यकर्मी र बिरामी दुवै सुरक्षित हुन्छन् ।’
सुप विश्वविद्यालयले विश्वरी महामारीमा रुपमा फैलिएको कोरोना भाईरस परास्थ गर्नका लागि समाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा। भुपेन्द्र सिह विष्टले प्रदेशभरी वा अन्य स्थानबाट कोरोना टेष्टिङबुथ निर्माणका लागि माग आए थप विद्यार्थी खटाईने बताए ।
तालाबन्दी लगायत विभिन्न कारण बदनामको शिकारको चपेटामा परेको सुप विश्वविद्यालयका विद्यार्थीले कोरोना भाईरस जित्नका लागि गरिरहेको प्रयासले विश्वविद्यालयको जनशक्ति संकटका बेला सदुपयोग भईरहेको टिप्पणी गरिएको छ । सीमा क्षेत्र लगायत प्रवेसद्वार क्षेत्रमा सेनिटाईजर गर्नका लागि समेत टर्नेल निर्माण गर्नका लागि समेत विश्वविलय साझेदारी गर्न तयार रहेको छ । मानिसलाई सेनिटाईजर गर्ने हाईड्रोजन पेरो अक्साईड र सोडियम आईपोक्लोराईटले मानिसमा असर पर्ने देखिएपछि सवारी साधनमा सेनिटाईजर गर्नका लागि टर्नेल बनाउन पहल थालिने छ । सुदूरका ५जिल्लाका सात अस्पालमा निर्माण भएको कोरोना टेष्टीङ्ग बुथबाट कामगर्न सहज भएको स्वास्थकर्मी एव चिकित्सकले बताएका छन् ।
महाकाली अस्पतालका मेसु डा। हरि कुमार श्रेष्ठले बुथबाट स्वाब नमुना संकलन सहज भएको बताए ।‘हामीसंग अहिले कोरोना संकलन टेष्टिङ बुथछ, त्यहीबाट नमुना संकलन गरिरहेका छौँ, ‘डा। श्रेष्ठले भने, ‘पिपिई अभाव भईरहेका बेला बुथबाट सहज भईरहेको छ ।’ नमुना संकलन गर्दा चिकित्सक र बिरामीको आमनेसामने भएपनि भित्रबाट संकलन गर्दा दुवै जना सुरक्षित हुने उनले बताए ।
बुथबाट संक्रमण नफैलिने भएकाले उच्च मनोबलका साथ काम गर्न सहज भएको उनले बताए । कोरोना बिरुद्ध विश्वविद्यालयले संचालन गरेको अभियानमा अभिभावक, सरोकारवाला निकाय समेत हर्षित भएका छन् ।