बैशाख २३ इलाम । प्रहरीले विप्लव नेतृत्वको नेकपामा ईलाम जिल्ला ईन्चार्ज पुष्प कोईराला सहित तीन जनालाई गिराफ्तार गरेको छ ।
इलामको माई नगरपालिका–९ बोरुङबाट गएराति कोईराला सहित अन्य दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा ताप्लेजुङ लिकुखोला घर भएका २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका , पासाङ तामाङ रहेका छन् ।
बासबसेकै ठाँउबाट उनीहरुलाई नियन्त्रणमा लिएर दानाबारी हुदै जिल्ला प्रहरी कार्यलयमा पुर्याईएको ईलाम प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline