जनतालाई पाँच किलो चामल हैन, कम्तीमा पाँच हजार हातमा देउ सरकार : सांसद श्रेष्ठको माग

जनतालाई पाँच किलो चामल हैन, कम्तीमा पाँच हजार हातमा देउ सरकार : सांसद श्रेष्ठको माग

विदेशमा रहेका नेपालीलाई प्लेन चार्टर गरेर भए पनि ल्याउन माग

  • मङ्लबार, बैशाख २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

बैशाख २३ काठमाण्डौं । अहिले सरकारले राहतका नाममा पाँच किलोका दरले धेरै ठाँउमा चामल वितरण गरीरहेको भन्दै नेपाली काँग्रेस बागमति प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठले नागरिकलाई पाँच किलो चामल हैन , पाँच पाँच हजार नागरिकलाई हात हातमा दिन माग गरेका छन् ।
मिर्मिरेसगँ कुरा गर्दै काठमाण्डौं क्षेत्र एक का सांसद श्रेष्ठले सरकारले खर्च नभएको अरबौं बजेट थुपारेर राखेको छ काठमाण्डौ महानगरदेखि बागमति प्रदेश सम्म तर नागरिकलाई पाँच किलो चामल मात्रै बाड्ने रु पाचँ किलो चामलले ४२ दिन भईसक्यो लकडाउन खान पुग्छ रु भन्दै सरकारको आलोचना गरे ।
नागरिकलाई घर जान पनि नदिने खान पनि नदिने यो के गरेको हो रु
कर उठाउने बेला चाँही स्थानीय, प्रदेश केन्द्र सबैतिर बाट उठाउने तर जनतालाई डेढ महिना सम्म पाँच किलो चामलका भरमा कसरी बाँच्न सक्छन् रु मान्छेले आत्महत्या गर्ने स्थिति आईसक्यो श्रेष्ठले भने ।
श्रेष्ठले अहिले मानिसहरु पाँच किलो चामलको लागि लाईन बस्न समेत दिक्क मान्न थालेको भन्दै ठोस राहत र आर्थिक सुधारको कार्यक्रम ल्याउन माग गरे ।
अमेरीका लगायतका देशले सबै नागरिकलाई उत्कृष्ट ढंगले राहत दिएको भन्दै गरीब देशमा भएका स्रोतबाट जनता बचाउन सरकार नलागेको भन्दै श्रेष्ठले बिरोध जनाए ।
प्रतिपक्षीको हिशाबले सरकारलाई सहयोग गरे पनि सरकारले जनता बचाउन राहत दिने भन्दा पनि अध्यादेश ल्याउने, पार्टी फुटाउने, आफै जुध्ने गरेर अल्झिएको सांसद श्रेष्ठले बताए ।

कस्तुरीको विना नानीमा हुन्छ, त्यसको बासनामा भौतारीदा उसैको मृत्यु भए जस्तो अथाह स्रोत हुँदा हुदै पनि भौतारीने स्थिति रहेको भन्दै उनले विदेशबाट आउने युवालाई रोजगारी सुनिश्चित गर्न अबको बजेटमा कार्यक्रम ल्याउन माग गरे ।
उनले विदेशमा रहेका नेपालीलाई जहाँ छस् त्यही बस, मरे मर बाँचे बाँच भने जस्तो गर्न खोजेको भन्दै राज्यको कोषको खर्च गरेर प्लेन चार्टर गरेर भए पनि आउन चाहने नेपालीलाई ल्याउन उनले माग गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ