बैशाख २३ काठमाण्डौं । पार्टी एकता हुदाँ दुई अध्यक्ष बने पनि एकता पछि बरिष्ठ नेता माधव कुमार नेपालले निरन्तर पार्टी भित्र एक व्यक्ति एक पद लागू हुनु पर्ने माग गर्दै आएका छन् ।
प्राय बैठकहरुमा उनले कहिले लिखतै त कहिले मौखिम रुपमै पनि एक व्यक्ति एक पदको अवधारणामा लैजानु पर्ने प्रस्ताव राख्दै आएका छन् ।
उनी निकट नेताहरुको भनाई अनुसार नेपाल आफ्नो यो अडानमा अझै पनि उभिरहेका छन् ।
अहिले पछिल्लो समय अध्यायदेशका कारण विवाद र अन्तरविरोधको भूमरीमा परेको नेकपाले वामदेवलाई प्रधानमन्त्री बनाउने, आत्मालोचना गर्ने जस्ता केही कुराबाट नेतृत्व तहमा सहमति र एकताको सन्देश दिएका छन् ।
तर अब बस्ने स्थायी समितिको बैठक निकै महत्वपूर्ण मानिएको छ । जसमा नेतृत्वको आलोचना , आत्मालोचना र पछिल्ला कदमहरुको बारेमा समिक्षा हुने ती नेताको तर्क छ ।
यस बिषयमा एजेण्डा पेश गर्नु पुर्व आज फेरी शीर्ष नौ जना नेता सम्मिलित सचिवालयको बैठक बस्दै छ ।
जसले नेताहरुको कार्यविभाजन , प्रधानमन्त्री वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खोल्न प्रतिनिधि सभामा कुनै क्षेत्रबाट उम्मेद्धार बनाउने बिषयमा योजना बनाउन सक्ने छ ।
यसले पदाधीकारी र नेताहरुको कार्यविभाजन एक व्यक्ति एक पदका आधारमा गर्ने बिषयमा छलफल हुने साथै प्रदेशका मुख्य मन्त्री र केन्द्रका केही मन्त्रीहरु हेरफेर गर्ने बिषयमा समेत छलफल हुने यस अघि चर्चा भएको थियो ।
स्थायी समितिको बैठकको एजेण्डा तयार पर्ने जिम्मा पाएका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसगँ सोमबार बालुटारमा भेट गरेर सल्लाह गरेका थिए ।
पार्टी भित्र नेता कार्यकर्ताको संख्या ठूलो भएको , कोही संसदमा सरकारमा पनि र पार्टीको पनि जिम्मेवारीमा रहने , कोही बेरोजगार हुने स्थिति रहेको भन्दै नेपालले शुरुदेखि नै एक व्यक्ति एक पदको कुरा राख्दा छायामा पर्दै आएका थिए ।
तर बिस्तारै अब उनको यो एजेण्डा बलियो बन्ने संभावना बढेको नेताहरु बताउछन् ।