नेपालगन्ज बैशाख २३ । कोरोनाको पछिल्लो हट स्पट देखिएको नेपालगञ्जमा लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ । आज देखि त्याहाँका कुनै पनि नागरिकलाई घरबाट तीन दिन सम्म बाहिर निस्कन नदिने प्रशासनले निर्देशन जारी गरेको छ ।
त्यााँ तीन दिन अघि एउटै टोलबाट ७ बर्षीय बालक सहित १६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले आज बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बिहीबार मध्यरातिसम्मका लागि यो निर्णय लागु गरीएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । मंगलबार बिहान ११ बजेदेखि औषधि पसलबाहेकका सम्पूर्ण पसल ब्यबसाय बन्द रहने घोषणा गरिएको छ ।
बाकीं संक्रमितको सम्पर्कमा को को थिए भनेर पचिहचान गर्न पनि यो कदम चालिएको बताईएको छ ।