नेपालमा कोरोना संक्रमित भएका भारतीय नागरिकबाट चिकित्सक र उपचार प्रणालीको प्रशंसा

नेपालमा कोरोना संक्रमित भएका भारतीय नागरिकबाट चिकित्सक र उपचार प्रणालीको प्रशंसा

  • सोमवार, बैशाख २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

विराटनगर, बैशाख २२ गते । कोशी अस्पताल विराटनगरमा उपचार गराईरहेका कोरोना संक्रमित १२ जना भारतीय नागरिकले आफ्नो परिवारलाई नेपालमा उपचार राम्रो भईरहेको सन्देश पठाएका छन् ।
उपचार केन्द्रमा भर्ना भएका १२ जना भारतीय नागरिकले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराउँदै नेपाली चिकित्सकहरुले राम्रो व्यवहार गरेको बताए । साथै नेपालको उपचार प्रणाली पनि राम्रो लागेको बताए ।
उनीहरुले भारत घरमा रहेका आफन्तहरुलाई केही दिनमा घर फर्किने सन्देश पनि सुनाएका छन् । उपचारमा रहेका उनीहरु सबैको स्वास्थ्य राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
कोशी अस्पताल विराटनगर मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले भारतीय १२ जना नागरिकले आइतबार मात्रै आफन्तसँग सम्पर्क गरेका थिए । उनीहरुलाई अस्पतालले नै फोन गर्ने सुविधा उपलब्ध गराएको थियो ।
१२ भारतीय नागरिकलाई अलग्गै वार्डमा राखिएको छ । उनीहरुलाई चिकित्सकहरु उपचारका क्रममा आवस्यक भेट र परामर्श दिने तथा औषधी चलाउने गरेका छन् । उनीहरु पनि सबै प्राय ईस्लाम धर्मका रहेका कारण कुरान पढ्ने समेत व्यवस्था गरिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा रहेका १६ जनामध्ये १२ जना भारतीय र चारजना नेपालीमा संक्रमण देखिएको थियो । त्यस बाहेक बस्तीका १३ जना नेपाली नागरिकमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो ।
जसमध्ये ११ भारतीयसहित एकजना नेपालीलाई गत बैशाख ६ गते र त्यसपछि संक्रमण पुष्टि हुँदै गएका थप १७ जनालाई अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ उपचार केन्द्रमा त्यस बाहेक भोजपुर र झापाका एक–एक जना संक्रमितको उपचार भईरहेको छ । भर्ना भएमध्ये ३० जना इस्लाम धर्मालम्बी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ