बाबुराम बिरुद्ध बस्नेत,खनाल र श्रेष्ठद्धारा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, आफूहरुलाई फसाउन खोजेको आरोप

बाबुराम बिरुद्ध बस्नेत,खनाल र श्रेष्ठद्धारा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, आफूहरुलाई फसाउन खोजेको आरोप

  • सोमवार, बैशाख २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

बैशाख २३ काठमाण्डौं । सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल र सहयोगी नवीन बस्नेतले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा संयुक्त उजूरी दर्ता गराउनु्भएको छ । जनता समाजवादी पार्टीका नेता डा भट्टराईले सांसद अपहरणको आरोप लगाएर आफूहरुको मानवाधिकार हनन एवं मानहानि गरेको जनाउँदै उहाँहरुले आज आयोग पुगेर डा भट्टराईविरुद्ध उजूरी दर्ता गराई निष्पक्ष छानबिनको माग गर्नुभएको हो ।
निवेदननमा भनिएको छ, ‘नेपालको संविधानको धारा २४९ को उपधारा २ ९क०, २ ९ख० र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम मानवअधिकारको उल्लंघन भएको, दुरुत्साहन भएकोले सत्यतथ्य छानबिन गरी प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्न गराउन सिफारिस गरी पाउंmँ ।’
उजूरीमा जसपाका सांसद डा सुरेन्द्र यादवको अपहरण गरेको भनी झूटो आरोप लगाई गलत प्रचार गरी आफू र आफ्ना परिवारमा मनोवैज्ञानिक पीडा, अपहेलना र मानसिक क्षति पु¥याएको भन्दै कारवाही गर्न माग गरिएको हो ।
डा यादवले जसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया र प्रदेशसभा सदस्य कौशल यादलगायत आफूसँगै आएका अन्य आफन्तबारे कुनै कुरा उल्लेख नगरी डा भट्टराई तथा विश्वदीप पाण्डेको सम्पर्कमा पुगेपछि बदनियतपूर्वक र राजनीतिक लाभ लिने उद्देश्यबाट प्रेरित भई गम्भीर आरोप लगाएको उहाँको भनाइ छ ।
आयोगमा नेकपाका केन्द्रीय सदस्य बस्नेतले भन्नुभयो “पार्टी एकतादेखि धेरै विषयमा कुराकानी गर्न सहमतिकै आधारमा काठमाडौँ आए पनि डा बाबुराम भट्टराईको नेतृत्वमा यसलाई अतिरञ्जित गरिएको, गम्भीरर आरोपहरु लगाइएको छ, यसको निष्पक्ष छानबिन गरी कारवाही गर्न माग गर्दछौँ ।”
अर्का सांसद श्रेष्ठले तनहुँको विकासमा निरन्तर लागिरहेको र आफूले पाउने तलब एवं सुविधासमेत जिल्लाका विकासमा खर्च गरेको व्यक्तिलाई अपहरण जस्तो गम्भीरर आरोप लगाएर आफूहरुको चरित्रमाथि दाग लगाउने र मानसिक तनाव दिने काम भएकाले छानबिन गरी कारबाही गर्न माग गनुर््भयो ।
पूर्वप्रहरी महानिरीक्षक खनालले प्रहरी सेवामा आफूले निष्कलंकित भएर ३० वर्ष पु¥याएको योगदानलाई मेट्ने काम गर्दै अपहरणको आरोप लगाएर आफू र परिवारमा मानसिक क्षति पु¥याउने काम भएको जिकिर गर्नुभयो ।
त्यस्तै फेसबुकलगायत सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई मानहानि गरिएको तथा जातीय सद्भाव भड्काउने शब्द प्रयोग गरी घृणा र द्वेष फैलाउने कार्य गरेको भन्दै डा भट्टराई, जसपाका नेता विश्वदीप पाण्डे र आङ्काजी शेर्पालाई साइबर क्राइमअन्तर्गत कारबाही गर्नका लागि सिफारिस गर्न माग गरिएको छ ।
उजूरी बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले यसबारेमा निष्पक्ष छानबिन गरिने, प्रमाण जुटाइने, आवश्यक परे सम्बन्धित स्थानमै गएर छानबिन गरिने र मानवाधिकार हनन भए नभएको सत्यतथ्य बाहिर ल्याइने बताउनुभयो । महोत्तरीस्थित घरबाट यही वैशाख १० गते जबर्जस्ती काठमाडौंँ ल्याएको भन्दै डा यादवले पनि मानवाधिकार रक्षा गरिदिन माग गर्दै वैशाख १८ गते आयोगमा उजूरी दर्ता गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ