सिंगो कर्णाली प्रदेश सात दिन सिल गरिने, २७ स्थानमा चिकित्सकको टोली परिचालन गर्ने तयारी

सिंगो कर्णाली प्रदेश सात दिन सिल गरिने, २७ स्थानमा चिकित्सकको टोली परिचालन गर्ने तयारी

  • सोमवार, बैशाख २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

सुर्खेत बैशाख २३ । नेपालगञ्जमा एकै दिन १५ जनामा कोरोना देखिए पछि संक्रमणको जोखिम बढेसगैँ कर्णाली प्रदेश सरकारले पुरै प्रदेशलाई सात दिन सिल गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो ।
प्रदेश सात र प्रदेश ५ सगँ सिमाना जोडिएको कर्णाली प्रदेशमा अहिले सम्म कोरोना संक्रमित फेला परेका छैनन् । अब सात दिन सम्म कोही पनि नागरिक कर्णाली भित्र प्रवेश गर्न पाउने छैनन् ।
साथै प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने छ ।
स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रूत परीक्षण (आरडीटी) समेत गर्ने तयारी भएको छ ।

सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ ।
कर्णाली प्रदेशमा भारत सहित विभिन्न स्थानबाट १० हजार बढी नागरिक यस अघि नै प्रवेश गरीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ